पोखरीमा डुबेर एक युवाको निधन
- वैशाख १३, २०७४
- ब्लाष्ट खबर
पाँचथर/जिल्लाको मिक्लाजुङ गाउँपालिका–१, उत्तरेको कमलपोखरीमा आज दिउँसो एक युवकको डुबेर मृत्यु भएको छ ।
फाल्गुनन्द गाउँपालिका–५, फाक्तेप बस्ने ३४ वर्षिय शेरचन चेम्जोङको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरी मर्मतको लागि त्यहाँ गएका चेम्जोङ अचानक पोखरीमा डुबेका थिए ।
उनलाई उद्धार गरी उपचारका लागि घुर्विसे पञ्चमी क्लिनिकमा पु¥याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।