काठमाडौं/ एक उग्रदक्षिणपन्थी फ्रान्सेली मेयरलाई घृणा फैलाएको आरोपमा अदालतले दुई हजार युरो जरिवाना लगाएको छ । आफ्नो क्षेत्रको स्थानीय विद्यालयमा स्याउँस्याउँ मुसलमान विद्यार्थी रहेको बयान दिएपछि उनी विवादमा परेका थिए ।
बेजियर्स शहरका मेयर रोबर्ट मेनार्ड आप्रवासीविरोधी नेसनल फ्रन्ट दलसँग साझेदारी गर्छन् ।गत वर्षको सेप्टेम्बर महिनामा उनले ‘व्यापक प्रतिस्थापन’ आफूले देखिरहेको भन्दै ट्वीट गरेका थिए । फ्रान्सको गोरा क्रिस्चियन जनसंख्यालाई आप्रवासीहरूले प्रतिस्थापित गर्दै गरेको मेनार्डको चिन्ता छ ।
उनले एलसीआई टेलिभिजनमा भने, ‘मेरो शहरको एक विद्यालयमा ९१ प्रतिशत मुसलमान बालबालिका छन् । यो समस्या नै हो । सहिष्णुताको पनि सीमा हुन्छ ।’ फ्रान्सेली कानूनले मानिसहरूको धार्मिक विश्वास वा जातीयताका आधारमा आँकडा बताउन प्रतिबन्ध लगाएको छ । मेनार्डले आफ्नो टिप्पणीको बचाउ गर्दै भने, ‘मैले आफ्नो शरहको स्थिति मात्र बताएको हुँ । यो कुनै आलोचना हैन, तथ्य मात्र हो । मैले देखेको कुरो भनेको हुँ ।’ उनले अदालती फैसलाविरुद्ध पुनरावेदन गर्ने समेत बताए । बीबीसीबाट