-
Home
-
राशिफल
-
हिन्दुत्वलाई संरक्षण गर्ने राप्रपाको घोषणापत्र
हिन्दुत्वलाई संरक्षण गर्ने राप्रपाको घोषणापत्र
- वैशाख १३, २०७४
- ब्लाष्ट खबर
काठमाडौं /राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दुत्वलाई संरक्षण र सम्बद्र्धन गर्दै आउँदो १० वर्ष भित्र हरेक नगरपालिकालाई स्मार्ट सिटी बनाउने महत्वकाक्षी योजना अघि सारेको छ ।
बुधबार पार्टीले घोषणा पत्र सार्वजनिक गर्दै महत्वकाक्षी योजना सार्वजनिक गरेको हो । पार्टीले १६ वटा बुँदामा विभिन्न योजनाहरु अघि सारेको छ । राप्रपा अध्यक्ष कमल थापाले घोषणा पत्र सार्वजनिक गर्दै हिन्दुत्वको संरक्षण र सम्बद्र्धनमा सदैव लागिरहने बताएको छ ।
शिक्षा, स्वास्थ्य, आवास तथा भोजन, गरिबी निवारण र रोजगारी प्रबद्र्धन, कृषी,उद्योग तथा बाणिज्य क्षेत्रको बिकास र पुर्वाधार बिकासलाई लक्षित गर्दै चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो ।