धनकुटा /अवको संघिय संरचनामा स्थानिय आदिवासी जनजातिहरुको मातृभाषालाई विद्यालय स्तरिय पाठ्यक्रम तयार गर्ने गरी व्याहारिक रुपमा लागु हुने शिक्षाको व्यावस्था गर्नु पर्ने एक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले जोड दिएका छन् ।

नेपाल प्रगतीशिल प्राध्यापक संगठन पुर्वाञ्चल (ख) कोशि अञ्चल क्षेत्रिय समितिको आयोजनामा धनकुटामा सोमवार सम्पन्न “संघिय संरचनामा शिक्षा र स्थानिय तहः संरचना र शक्ति” विषयक एक दिने अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले यस्तो जोड दिएका हुन ।
नेपाल प्रगतीशिल प्राध्यापक संगठन केन्द्रिय समितिका अध्यक्ष यादव प्रसाद लामीछानेको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा महेन्द्र वहुमुखी क्याम्पस धरानका उपप्राध्यापक डा.मोहन कुमार तुम्वाहाङ र उपप्रध्यापक अमृत कुमार श्रेष्ठले दुई छुट्टाछट्टै कार्यपत्र प्रश्तुत् गरेका थिए । सो अवसरमा डा.मोहन कुमार तुम्वाहाङले संघिय संरचनामा शिक्षा विषयक कार्यपत्र प्रश्तुत् गरेका थिए भने अमृत कुमार श्रेष्ठले स्थानिय तहः संरचना र शक्ति विषयक कार्यपत्र प्रशतुत् गरेका थिए ।
डा.तुम्वाहाङद्धारा प्रश्तुत् कार्यपत्रमा संघिय मुलुकहरुको झलक, संघिय शिक्षाको चरित्र, पाठ्यक्रमको स्थानियकरण तथा लोकतान्त्रिककरण, संघिय मुलुकका अनुभव, नेपालको शैक्षिक विकासको लागी संवैधानिक व्यावस्था र नीतिगत व्यावस्था, संघिय शिक्षाका सवालहरु, शैक्षिक संरचना र श्रोत, मानव श्रोत र तिनको परिचालन लगायतको विषयमा जोड दिइएको थियो ।
त्यसैगरी उपप्रध्यापक श्रेष्ठद्धारा प्रश्तुत् कार्यपत्रमा नेपालमा स्थानिय शासनको ऐतिहाशिक पृष्ठभुमी, नेपालमा स्थानिय शासनको शुरुवात लिच्छवी काल, मल्ल काल, आधुनिक काल, राणाकाल, प्रजातन्त्र स्थापना र तत्पश्चात, पञ्चायती व्यावस्था र स्थानिय स्वयत्त शासन, प्रजातन्त्र पुनःस्थापना र स्थानिय स्वयत्त शासन, नेपालको संविधान २०७२ र यस पछिको अवस्था, स्थानिय सरकारको स्वरुप, स्थानिय तह सम्वन्धि व्यावस्थाको सवल र अवसरहरु, कमजोरी तथा चुनौतीहरु आदीको वारेमा जोड दिइएको थियो ।
डा.तुम्वाहाङद्धारा प्रश्तुत् कार्यपत्र माथि जनता क्याम्पस इटहरीका उपप्राध्यापक टोलनाथ काफ्लेले टिप्पणी गरेका थिए भने उपप्राधयापक श्रेष्ठले प्रश्तुत् गरेको कार्यपत्र माथि अधिवक्ता हिमा वस्नेतले टिप्पणी गरेका थिए ।
नेपाल प्रगतीशिल प्राध्यापक संगठन पुर्वाञ्चल (ख) कोशि अञ्चल क्षेत्रिय समितिका अध्यक्ष होमवहादुर वस्नेतको अध्यक्षतमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति तुलवहादुर श्रेष्ठ, संगठनका केन्द्रिय उपाध्यक्ष मिनकुमार श्रेष्ठ, केन्द्रिय सचिव डा.उद्धव पौडेल,केन्द्रिय सचिव राधा अधिकारी, प्रा.डा.बद्रीविशाल पोख्रेल, प्रा.डा.गोपाल भट्टराई, निमिक्त क्षेत्रिय शिक्षा निर्देशक मोहन राई, जिल्ला शिक्षा अधिकारी रामवहादुर थापा, महेन्द्र वहुमुखी कयाम्पस धरानका प्रमुख चन्द्रकुमार राई, केन्द्रिय प्रविधि क्याम्पस धरानका सहायक क्याम्पस प्रमुख दिलकुमार लिम्वु, आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजयसन्तोषी राई लगायतले कार्यपत्र माथि टेकेर आ–आफ्नो धारणा राखेका थिए । सो अवसरमा वौद्धिक अभियान पत्रिकाको समेत विमोचन गरिएको थियो ।