विजयपुर/नेवार एकता समाज धरान –१० का अध्यक्ष चन्द्र हलवाई तथा स्थानिय महिला उद्यमी ममता शाक्य मङगलबार एमालेमा प्रबेश गरेका छन् ।मङगलबार आयोजीत एक कार्यक्रममा हलवाइ र शाक्य एमालेमा प्रबेश गरेकाहुन् ।

उनीहरुलाई संसद कृष्णकुमार राई र एमाले धरानका अध्यक्ष तथा एमालेबाट मेयरका दाबेदार तारा सुब्बाले हलवाई र शाक्यलाई पार्टि प्रबेश गराएका थिए । कार्यक्रममा बोल्दै संसद कृष्णकुमार राईले देशको भिजन र मिसन भएको पार्टि एमाले भएको बताए ।

एमाले धरानका अध्यक्ष तथा एमालेबाट मेयरका दाबेदार तारा सुब्बाले धरानको बिकाश र संबृद्धिकालागि एमालेले स्पस्ट भिजन तयार पारि सकेको भन्दै अब नगरबासिको सहयोग लिएर बिकाशका कामलाई अगाडि लाने बताए ।