विजयपुर/माओबादी केन्द्रले धरान –१९ मा निर्बाचन परिचालन कमिटीको कार्यालय उद्घाटन गरेको छ ।धरान–१९ स्थित बालक चौकमा रहेको कार्यालयको माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा धरानका मेयरका उमेद्धार अइन्द्रबिक्रम बेघाले कार्यालय उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै माओबादी केन्द्रका पोलिटब्युरो सदस्य तथा लिम्बुवान मुक्तिमोर्चाका केन्द्रिय अध्यक्ष मुक्साहङ (मुकेश) लिम्बुले धरानका जनतालाई १० हजार लिटर पानी र १० युनिट विजुली निशुल्क उपलब्ध गराउने आफुहरुको योजना रहेको बताए ।मेयरका उमेद्धार अइन्द्र बिक्रम बेघालेले धरानलाई शिक्षा ,स्वास्थ्य र पर्यटकिय केन्द्र बनाउने योजना सुनाएका थिए ।

कार्यक्रममा माओबादी केन्द्रका नगर संयोजक फोक्वाहाङ चोत्लुङ सुब्बा,माओबादी केन्द्र धरान–१९का सह इन्चार्ज जंगबहादुर राई लगायतले बोलेका थिए । १९ नम्मर वडाका वडा अध्यक्षका उमेद्धार सन्त तेम्बेले धरान –१९ लाई धरानकै उदाहरणीय बनाउने बताएका थिए ।