इटहरी/ संविधान संसोधन र निर्वाचनमा चुनाव चिन्ह नपाएको विरोधमा मंगलबार संघीय गठबन्धनले इटहरीमा लाठी सहित जुलुस निकालेको छ । प्रहरीले लाठी खोज्ने क्रममा उनीहरु लाठी प्रहारबाट केही प्रहरी घाइते भएका छन् ।

लाठी र झण्डा बोकेर इटहरी उपमहानगरपालिका पुगेका उनीहरुले इटहरी उपमहानगरपालिका द्वारमा कालो झण्डा समेत गाडे । त्यस पछि प्रहरीले हस्तक्षेप गरेको भन्दै इटहरी हटिया लाइनको विजय बराइलीको घडी पसल तोडफोड गरेका छन् ।

यस्तै प्रदर्शनकारीहरुले हडिया लाइनमा रोकी राखेको को १ ज २३६२, को १ च ८१२४, को १ ख ४८९४, को १ च ८१२४, बा १४ च ३२३७ गाडी र भारतीय नम्वर प्लेटको डब्लु बी ४१ जी ७२७२ नम्वरको गाडी तोडफोड गरेका छन् । प्रदर्शन इटहरी चौकमा आएर कोण सभामा परिणत भएको थियो ।

आन्दोलनमा सहभागी भूपेन्द्र सुन्दर लावतीले आफूहरुको शान्तिपूर्ण आन्दोलन भएको बताए । तर, प्रदर्शनकारीहरुले लाठी सहित प्रदर्शनमा उत्रिएका थिए । निर्वाचन आचार संहिता विपरित लाठी प्रदर्शन गरिए पनि लाठी खोस्ने क्रममा प्रहरी र आन्दोलनकारी बीच झडप भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ