वेलवारी / एक दशक अगाडी वेलवारीमा भएको २२ वर्षिय सपना गुरुङ हत्या काण्डका पिडितहरुले राज्यले न्याय नदिएको गुनासो गरेका छन । ६ जनाको मृत्यु र ५६ जना गाउँले घाईते हुने गरी नेपाली सेनाले अन्धधुन्द चलाएको गोलीबाट मृतक तथा घाईते भएका परीवारले ११ वर्ष वित्दा पनि रातह र न्याय नपाएको गुनासो गरेका छन ।

नेपाली सेनाको बेलबारी बेस क्याम्पका सैनिक जवानको समुहले २०६३ बैसाख १२ गते राति स्थानीय २२ बर्षीया गुरुङ्लाई बलात्कारपछि हत्या गरेको थियो । बैशाख १३ गते गाउँलेहरु सेना विरुद्ध आन्दोेलनमा उत्रिदा ६ जनाको मृत्यु हुनुको साथै ५६ जना घाईत भएका थिए ।

तर त्यती वेला सरकारले उनीहरुलाई रातह र न्याय दिलाउँने सहमती भए पनि ११ वर्ष वित्दा पनि न्याय नपाएको पिडित परीवारले गुनासो गरेका हुन । सेनाको वलत्कार पछि हत्या भएकी सपनाकी ५२ वर्षिय आमा शोभा गुरुङ हातमा कालोपट्टी बाधेर आफ्नो छोरीले न्याय नपाएको भन्दै सरकार र नेपाली सेनालाई गाली गदै थिईन ।

रकारले छोरी हत्याराले न्याय नपाएको भन्दै अहिले सम्म ३ लाख मात्र राहत दिएको वताईन । आखाँभरी आसु पादै शोभाले भनिन् गरीवले न्याय पाउँदैन् रहेछ । त्यती वेला नेता र सरकारले दोसीलाई कार्वार्ही हुन्छ भनेका थिए,अहिले सम्म कार्वार्हीको समाचार सुन्न पाईएन निकै भावुक उनले थपिन् ।

सपनाको एक छोरी निर्मला अहिले कलेज पढ्दै आएको र छोरा दिपक स्कुल पढ्र्दै आएका छन । सपनाको हत्यारालाई कार्वार्ही गर भन्दै सडक आन्दोलनमा उत्रिएका गणेश प्रसाद दाहाल ११ वर्ष देखि बैशाखीको भरमा छन ।

सेनाको गोली लागेर शक्त घाईते वनेका दाहालले न्याय नपाएको गुनासो गरीरहेको छन । राज्यले आफुलाई विभेद गरेको भन्दै उनले न्याय र राहत तथा उपचार नपाएर मर्नु न वाँच्नु अवस्थामा पुगेको उनको गुनासो छ । हामीले न्याय पाईनौ सरकार ,हामीलाई दिउँ उनले भने । दर्जनौ पिडित परिवार त्यो घट्ना सम्झदा अहिले पनि आँखाबाट आशु वगाउँछन ।

उक्त दिन सेनाको गोली लागी बेलबारी ३ का सुनिता ऋषिदेब बेलबारी २ का प्रसाद गुरुङ,इन्द्रपुर ३ का फुर्बा तामाङ,इन्द्रपुर ४ का प्रभुनाथ भटराई,मृगौलिया ८ का छत्र बहादुर परियार मृत्यु भएको थियो भने त्यस घट्नामा घाईते बेलबारी ४ का गोपालचन्द्र गौतमले पनि पिडा सहन नसकेपछि २०६६ चैत १४ गते आत्माहत्या गरका थिए ।

घटनाको छानविन गर्न तत्कालिन सांसद परी थापाको संयोजकत्वमा गठित छानवीन समितिले मृतकका परिवारलाई १० लाख, अङगभङग् भई घाइते भएकालाई ६ लाख, घाइतेलाई ७५ हजार र सामान्य घाइतेलाई २५ हजार दिने निर्णय भएको थियो अहिले सम्म पाईएन घाईते तथा वेलवारी हत्याकाण्ड दवाव सर्घष समितिका संयोजक हेमसागर ढकालले भने ।

सपना गुरुङ् हत्या काण्डका दोषीलाई तत्काल कारवाही घाईतेलाई क्षतिपूर्ति उपचारको माँग राखेर पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि राज्यले वास्ता नगरेको ढकालको भनाई छ । हामीले न्याय पाएनौ हामी थाक्यौ ढकालले भने ।

अहिले पनि १६ जना घाईतेहरुको अवस्था दयानिय भएका कारण घाईतेहरुका पूर्ण उपचार र क्षतीपूर्ती दिन उनले माग गरेका छन । मृतक परीवारको वालवच्चालाई सरकारले हर्नु पर्न पिडितहरुको माग छ ।

नेपाली सेनाका केन्द्रिय वक्तत्ता शंकरबहादुर कडायतले त्यती वेलाको दोशीलाई नेपाली सेनाले कार्वार्ही गरीसकेको वताए । उनले भने त्यो वेलाको दोशीलाई त्यती बेलै कार्वार्ही भईसकेको हो ।

गर्नु पर्ने कार्वार्ही सेनाल त्यही वेला भएको कडायतले भने । सबैकुरा मलाई थाहा भएन कार्वार्ही भएको रैन छ भने म वुझुला उनले भने ।