इटहरी / गाउँमा हुने सामान्य विवाद गाउँमै मिलाउने उदेश्यले सुसनरीको साविक सोनापुर गाविसमा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरिएको छ । दुहवी नगरपालिका वार्ड नम्वर ८ र ९ मा पर्ने साविक सोनापुरका अगुवा २८ जनाले मेलमिलाप सम्वन्धी आठ दिने तालिम प्राप्त गरे पछि मेलमिलाप केन्द्र स्थापना गरिएको हो ।

सोमबार सुनसरी अदालतका न्यायधिस अर्जुन कोइराला तथा न्याधिस भिष्मराज प्रसाइले कार्यालको उद्घाटन गरे । स्थानीय स्तरमा मेलमिलाल तालिम प्राप्त गरे पछि जगन्य अपराध, ज्यान मुद्धा, बलात्कार जस्ता केही मुद्धा छोडेर अन्य मुद्धा मिलाउने अधिकार अव मेलमिलाप कर्तालाई प्राप्त भएको उनीहरुलेब बताए ।

कार्यक्रममा जिल्ला अदालत सुनसरीका श्रेष्तेदार नवराज आचार्य, जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी प्रविन धिताल, आयोजक संस्था सेलर्ड पूर्वाञ्चल संयोजक गणेश लुइटेल, बार एशोसिएन सुनसरीका सचिव यमनाथ गुरागाई, राजनीतिक दलको तर्फबाट नेपाली काँग्रेसका महेदी हुसैन, अझरन खातुन, साविक औरावनी गाविसका मेलमिलाप संयोजक वीरनारायण चौधरी लगायतले सामुदायिक मेलमिपाल केन्द्रका बारेमा आफ्ना भनाई राखेका थिए । दुहवी नगरपालिकाका कार्यकारी अधिकृत खिलराज राईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राईले स्थानीय स्तरमा हुने विवादको खास समस्या पत्ता लगाएर समाधान गर्न आग्रह गर्दै नगरपालिकाको तर्फबाट सहयोग गर्न तयार रहेको बताए ।

सुनसरीका सात वटा साविका गाविसमा कानुन अन्वेषण तथा श्रोत विकास केन्द्र (सेलर्ड)को कार्यक्रम अनुसार मेलमिलाप केन्द्र स्थापना भइसकेको सेलर्ड सुनसरी संयोजक विरेन्द्र बस्नेतले बताए । कार्यालाय स्थापना पछि ६ गाविसमा ३ सय भन्दा बढी विवादका मुद्धा आएकोमा अधिकाँश मिलापत्र भएको पनि उनले बताए । विवाद मिलाउँदा दुवैको जीत जीतको समेत महसुस गराउने कार्यक्रमको उदेश्य अनुसार मेलमिपाल कर्ताले विवाद मिलाउने पनि उनले बताए ।

फौजदारी प्रकृतिका बाहेकका मुद्धा गर्न समन्वय घरायसी विवाद, जग्गा सम्बन्धी मुद्धाहरु यति वेला गाउँमै मिल्न थालेका छन् । गाइ वस्तुले घाँस चरेको विषयमा उठ्ने विवाद पनि केन्द्रमा जाने गरेका गरेका छन् । अघि यस्ता मुद्धा प्रहरी जाने गरेका थिए । अहिले सेलर्डले प्रहरी, महिला विकास कार्यालय, जिविस, गाविस, अदालतसँग समन्वय गरी मेलमिलाप कर्ताले विवाद मिलाउन थालेको हो । सेलर्डले सुनसरीका थप तीन साविक गाविसमा पनि मेलमिलाप केन्द्र स्थापना गर्ने जनाएको छ ।