इटहरी /  कृष्णमाया तिम्सिना स्मृति प्रतिष्ठान मोरङको आयोजनामा तीन दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ ।

तालिममा ३५ जनाको सहभागिता रहेको प्रतिष्ठानका सचिव ख्यामप्रसाद तिम्सिनाले बताए । गत वैशाख ८ गतेदेखि १० गतेसम्म प्रदेश नम्वर १ को सुन्दर हरैचा नगरपालिकामा सो तालिम गरिएको थियो । तालिममा तिम्सिना सहित पत्रकार लिलारज भटराई, दधिराम ढुङ्गाना, पुष्पा तिम्सिनाले सहजिकरण गरेका थिए ।

संस्थाका अध्यक्ष गोविन्दप्रसाद तिम्सिनाको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरपालिकाका इन्जिनियर कुमार तिम्सिनाले सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।