इटहरी / इटहरीमा स्वदेश तथा विदेशमा उत्पादित विभिन्न ब्राण्डका गलैचाको नयाँ शो रुम खुलेको छ ।

इटहरीस्थित विराटनगर लाईना गलैचाको थोक तथा खुद्रा विक्रीका लागि जुनतारा इन्टरप्राजेजले व्यवसाय शूरु गरेको हो । आफूहरुले स्वदेशी सहित वेल्जिमय, टर्की, साउदी अरवमा उत्पादन भएका गलैचा इटहरीमा भित्र्याएको सञ्चालन सन्तोष भट्टराइले बताए । व्यवस्थित घर निर्माणसँगै गलैचाको माग बढ्दो छ । उच्चस्तरीय र ब्राण्डेड गलैचाको चाहना राख्नेहरुको लागि जुन तारा इन्टरप्राइजेजले सहज रुपमा उपलब्ध गराउने सञ्चालक भट्टराइले बताए ।