इटहरी/ सुवेदी कल्याण प्रतिष्ठान सुनसरीले इटहरीमा सुकल्प सामुदायिक तथा साँस्कृतिक भवन निर्माण शूरु गरेको छ । इटहरी २ स्थित आयुर्वेदिक टोलमा निर्माणाधिन भवनको वेस र पिलर हाल्ने सम्मको काम सकिएको छ ।
विवाह, पार्टी, सेमिनारका लागि उपयुक्त हुने सामुदायिक भवनमा दुई सय ५० जना भन्दा बढी मानिस अट्ने क्षमताको हल र थप दुई कोठा रहने सुकल्प सुनसरी उपाध्यक्ष एवम् केन्द्रीय सदस्य पूर्ण सुवेदीले बताए । भवन निर्माणका लागि सबै भन्दा पहिला पूर्ण सुवेदीले एक लाख रुपैयाँ उपलब्ध गराएका थिए । भवन बन्दै गरेको जग्गा भने सुकल्प श्रेयष्कर सदस्य एवम् सचिव बाबुराम सुवेदी र इटहरी–२ निवासी समाजसेवी बद्रीप्रसाद सुवेदीले एक कठ्ठा जग्गा उपलब्ध गराएका थिए ।
सुवेदी बन्धु र अन्य दाताबाट रकम संकलन गरि निर्माण गरिने भवन एक तला सम्ममा ४१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । हाल भवन निर्माणमा हालसम्म झण्डै १२ लाख रुपैयाँ खर्च भइसकेको आर्थिक समितिका सह संयोजक बाबुराम सुवेदीले बताए । गत शनिबार भवन निर्माण स्थलमा भेला भएका सुवेदी बन्धुका अगुवा तथा कार्य समिति पदाधिकारीहरुले एक वर्ष भित्रमा एक तला भवन निर्माण सम्मपन्न गर्ने गरी सहभागिताका लागि सुवेदी बन्धुहरुमा अनुरोध गर्ने निर्णय गरेको छ । साथै सरकारी निकाय तथा अन्य दाताहरुसँग पनि आग्रह गर्ने बैठकले निर्णय गरेको छ । आगामी वैशाख ३० गते वैशाखे पूर्णिमाको अवसर पारेर सोही स्थानमा सुकल्प सुनसरीको साधारण सभा तथा सामुहिक गोठधुप कार्यक्रम गरिने पनि अध्यक्ष गोपाल सुवेदीले बताए । सामाजिक सेवा गर्ने र बढ्दो शहरीकरणसँगै सार्वजनिक कार्यक्रममा उपयोग गर्ने हिसावले भवन निर्माण गरिएको भवन निर्माण समिति संयोजक शान्ता सुवेदीले बताइन् । सहभागिताका लागि सबैमा हार्दिक आभार प्रकट गर्दछु । भवन निर्माण सम्वन्धी बैठकमा सुकल्प केन्द्रीय सदस्य पूर्णप्रसाद सुवेदी, कृष्णप्रसाद सुवेदी, श्रेयष्कर सदस्य बद्रीप्रसाद सुवेदी, सल्लाहाकार छविनाथ सुवेदी, सल्लाहाकार ढुण्डीराज सुवेदी, डम्वर सुवेदी, सागर सुवेदी, दिवाकर सुवेदी, फूलराज सुवेदी, केदार सुवेदीलगायतको सहभागिता रहेको थियो ।