धनकुटा / संखुवासभाको सदरमुकाम खाँदवारीबाट धरान तर्फ जाँदै गरेको बस धनकुटाको मुलघाटस्थित पाँच गोलाइमा दुर्घटना भएको थियो । पशुपति यातायातको को १ ख ४०७२ नम्बरकोे बस सोमवार अपरान्ह ब्रेकफेल भइ सडकमा पल्टीएको हो । दुर्घटना हुँदा ३६ यात्रु घाइते भएका छन् । संखुवासभाबाट छुटेको गाडि मुलघाट नजिक आइपुग्दा ब्रेक नलागेपछि चालकले गाडीलाई भित्ता तर्र्फ मोडेका थिए । ओरालोमा ब्रेकफेल भएको तिब्रगतिमा भएको गाडि भित्तातर्फ मोडेपछि सोही स्थानमा सडकमै पल्टिएको थियो ।
तस्बिर साैजन्यः हरिबहादुर लम्जेल