धरानमा फेरी लागूअाैषधसहित पक्राउ
- वैशाख ११, २०७४
- ब्लाष्ट खबर
धरान/धरान–१५ स्थित शिवगंगा बस्तिबाट प्रहरीले आइतबार लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँका ३५ बर्षिय अमित राई रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले राईलाई अपरान्ह ३ बजेतिर पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट एभिल १० एम्पुल, डाईजलोप ९ एम्पुल, लुपिजैसिक १० एम्पुल, गरी जम्मा २९ एम्पुल बरामद गरेको छ । पक्राउ परेका राईलाई इलाका प्रहरी कर्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको छ ।
यस्तै भोजपुरको हतुवागढी गाउँपालिका–२ बाट आइतबार सालकको खपेटा र गाँजा सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा को १० प १०७२ नम्बरको मोटरसाइकलमा सवार सुनसरी बराहक्षेत्र–९ बस्ने ३० बर्षिय नजरमान राई रहेका छन् ।
प्रहरीले उनको साथबाट नगद ४३ हजार तथा अन्दाजी साढे २ किलो गाँजा र ५० ग्रामको सालकको खपेटा बरामद गरेको छ ।