इटहरी / सबै पार्टिहरुले इटहरीलाई १ नम्बर प्रदेशको राजधानि बनउने मुद्धा आफ्नो घोषणा पत्रमा उठाउने तयारीमा रहेका छन् । पुर्वको केन्द्रको रुपमा रहेको इटहरीमा विकास पुर्वाधार निमार्ण गर्दै १ नम्बर प्रदेशको राजधानि बनाउने तथा इटहरीलाई व्यापारिक केन्द्र बनाउने बिषय समेत इटहरीमा क्रियाशिल दलहरुको घोषणा पत्रमा प्रमुखताका साथ राख्ने तयारी गरिरहेका छन् । आसन्न स्थानिय चुनावकालागि नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपा लगायतका दलहरु आ–आफ्नादलिय घोषणापत्र बनाउन व्यस्त भएका छन् ।

केन्द्रिय पार्टीको घोषणा–पत्र हुँदाहुँदै किन स्थानिय घोषणापत्र ? सबै राजनितीक दलका आफ्ना केन्द्रिय पार्टीका स्थानिय निर्वाचन बारेका आफ्नै घोषणपत्रहरु छन् । तरपनि सबै राजनितीक दलहरुका इटहरी उपमहानगर समितीहरुले आफ्नै चुनावी घोषणापत्रहरु बनाँउन व्यस्त भएका छन् । एमाले इटहरीका अध्यक्ष रेवति घिमीरे केन्द्रिय पार्टीको घोषणाले समग्र देशको स्थानिय चुनावका एजेन्डाहरु बोक्ने तर इटहरीको आफ्नै घोषणापत्रले चै इटहरीको अर्गानिक एजेन्डाहरु बनाँउने बताँउछन । भन्छन, ‘हाम्रा पुर्वाधार, पर्यटन, प्रशाशन, आर्थिक तथा सामाजीक कार्यक्रमआफ्नै खालका छन् त्यसैले पनि यस्तो गर्नुपरेको हो ।’कांग्रेस सुनसरी क्षेत्र नम्बर दुइका सचिव तथा इटहरी कांग्रेस सुनसरीको जिल्लाको समग्र स्थानिय चुनावी घोषणापत्र बनाँउने समितीका सदस्य समेत रहेका रमेश पोखरेल पनि इटहरीका खास कुराहरु समेट्न स्थानिय चुनावी घोषणापत्रको जरुरी भएको बताँउछन् । ‘संविधानले सबै स्थानियतहलाइ राम्रो र विस्त्रित अधिकार दिएको छ र सबै दलले त्यो अधिकार क्षेत्रभित्र रहेर आफ्ना राष्ट्रिय चुनावी घोषणापत्रहरु बनाएका छन’, पोखरेल भन्छन, ‘तर स्थानिय घोषणापत्रले खासखास स्थानिय सवालहरु उठानगर्न सघाँउछ ।’ माओवादी केन्द्र इटहरीका उपमेयरका प्रस्तावित उमेद्धवार तथा माओवादीका प्रभाबशाली नेता सागर सुवेदी आफ्नो पार्टीको केन्द्रिय चुनावी घोषणापत्रले नसमेटेका इटहरीका स्थानिय मुद्धाहरु समग्र स्थानिय घोषणापत्रले समेट्ने बताँउछन । भन्छन, ‘केन्द्र पार्टीको निती केन्द्रिय घोषणापत्रमा आँएका छन अब स्थानिय नीति तथा कार्यक्रमहरु भने स्थानिय चुनावी घोषणापत्रले मात्रै समेट्छ ।’ के छन् इटहरीका दलहरुका घोषणापत्रका मुद्धाहरु ? इटहरीका सबै दलहरुको अफ्नो अन्तिमचुनावी घोषणापत्र तयार हुन बाँकि रहेको बताँउछन् । माओवादी केन्द्रका नेता सागर सुवेदी आफ्नो दलको घोषणापत्र आँउदा तीन दिनभित्रमा सार्वजनिक हुने बताँउछन । ‘राजनितीक मात्रै कुराहरु समेट्ने नभएर समग्र नगरको विकास र समृद्धीका कुराहरु विज्ञका सल्लाहले समेट्ने हाम्रो पार्टीको लक्ष्य रहेको छ’, फोनमा गफिएका सुवेदिले भने, ‘त्यसैले पनि हाम्राे घोषणापत्र अलिक समयमै आँउन पाएन ।’ माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार डिल्ली भट्टराईको संयोजकत्वमा चुनावी घोषणापत्र समिती बनाएको इटहरी माओवादी केन्द्रले विज्ञका भनाइ र सर्वसाधारणका भावनाहरु समेटेर घोषणापत्र आँउने सुवेदी बताँउछन् । भन्छन, ‘इटहरीका भौतिक पुर्वाधार, कला साहित्य, मिडिया तथाआम सर्वसाधारणका वृहत्तचासो र सरोकारका कुराहरु विज्ञको परामर्शमा तयार हुनेछ ।’ इटहरीको शक्तिशाली दल नेकपा एमालेले डा. दिवाकर रेग्मीको संयोजकत्वमा घोषणापत्र समिती बनाएको छ । एमाले इटहरीका सचिवालय सदस्य समेत रहेका रेग्मी नेतृत्वको समुहले चाँडै आफ्नो अन्तिम ड्राप्ट तयार गर्ने र सार्वजनिक गर्ने एमाले इटहरीका अध्यक्ष रेवती घिमिरे बताँउछन् । ‘हामीले निक्कै राम्रा र वैज्ञानिक मुद्धाहरु लिएर चुनावी घोषणापत्र बनाँउदैछौँ’, हाल राजधानी काठमाण्डौँमा रहेका घिमिरेले फोन संवादमा भने, ‘सबै कुराहरु बन्नु अगाडी नै मिडीयाला ल्याँउने कार्यगर्नु हाम्रो पार्टीको नियमविपरित हुन्छ तर यसपालीको एमाले इटहरीको चुनावी घोषणापत्र निक्कै उत्कृष्ठ र संभव कुराहरु साकार पार्ने खालको आँउछ ।’ स्थानियतहको अधिकार बढेसँगै अबको घोषणापत्र नितीगत र वृहत्तहुने बताँएका घिमिरलेअबको केहि दिनमा एमाले इटहरीको चुनावी घोषणापत्र बाहिर आँउने जानकारी दिए । इटहरीको अर्को प्रभावशाली दल नेपाली कांग्रेसले पनि इटहरीको चुनावी घोषणापत्र जारि गर्न लागको बताँउछन कांग्रेस सुनसरी क्षेत्र नम्बर दुर्इका सचिव रमेश पोखरेल । नेपाली कांग्रेस सुनसरीका सचिव केदार भण्डारीको संयोजकत्वमा बनेको समग्र सुनसरी जिल्लाको मुद्धा उठाँउने नेपाली कांग्रेसको इटहरी क्षेत्रको विषया उठान गर्ने समिती सदस्य रमेश पोखरेल रहेका छन् । ‘हामीले यो पटक निक्कै राम्रो र जनमैत्रि चुनावी घोषणापत्र तयार गर्दैछौँ’, पोखरेल भन्छन, ‘मलाइ पर्यटन, महिला, दलित र अपांगका बिषय उठाँउन भनिएको छ ।’ नेता पोखरेलका अनुसार सबै स्थानिय तहका कार्यलयमा एउटा दमकल र एम्बुलेन्स अनिवार्य राख्ने, हरेक स्थानिय तहमा महिला, वृद्ध, शारिरक अशक्त तथा अनाथ बालबालिको सेल्टर राख्ने कांग्रेसको एजेन्डा रहेको छ । सुनसरीका रुग्ण उद्योग संचालनगर्ने, लोडसेडिङ मुक्त जिल्ला घोषणा गर्ने र पाँचबर्ष भित्रमा इटहरीमा पचास हजार बढिलार्इ रोजगारीको अवसर सृजन गर्ने जस्ता विभिन्नविकास, सामुदायिक चासो, पर्यटन, पुर्वाधार र लोक कल्याणकारी कुराहरू कांग्रेसको चुनावी घोषणापत्रले समेट्ने नेता पोखरेल बताँउछन् । इटहरीका प्रमुखदलहरु मओवादी केन्द्र, एमाले र कांग्रेस जस्तै आफ्नो पार्टीको स्थानिय चुनावी घोषणापत्र बनाउन व्यस्त रहेको छ राप्रपा नेपाल । हिन्दु राज्य र राजतन्त्रको पक्षमा वकालत गर्दै आएको राप्रपाको इटहरी समितीले कुनकुन मुद्धा उठाँउछ भन्ने कुराहर भने बाहिर आएको छैन । इटहरी राप्रपाका अध्यक्ष रामु पोखरेललार्इ आइतबार साँझ गरेको पटक पटकको टेलिफोन सम्पर्क मोबाइल अफको कारण संभवहुन सकेन ।