तरहरा/ कोशी अञ्चल यातायात व्यवस्था सवारी कार्यलयका तिन वर्ष यताका सबै कार्यलय प्रमुखहरू राजश्व हिनामिना प्रकरणमा तानिएका छन ।अख्तियार दुरूपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यलय काठमाण्डौबाट आएको टोलीले आईतवार स्थलगत अनुगमन गदै अनुसन्धानको क्रममा तिन वर्ष यताका कार्यलय प्रमुख र संलग्नहरू अनुसन्धान तानिएका हुन ।

यातायत व्यवस्था कार्यालय (सवारी) कोशीमा भएको अनियमितता प्रकरणमा तीन बर्ष यताका कार्यालय प्रमुख, लेखा अधिकृत, लेखापाल र राजश्वका सुब्बा तानिने भएका छन् । कार्यालय प्रमुखहरू नयराज नेपाल, रमेश दहाल, बिष्णु पौडेल तिनै जना अनुसन्धानको दायरामा परेका अख्तियार दुरूपयोग अनुसन्धान आयोगको स्रोत्रले जनाएको छ ।

यसैगरि लेखाअधिकृत टिकाराम अधिकारी तीन बर्षदेखि यातायतमा थिए । लेखापाल सुरेश अधिकारी र लेखापाल टिका बाँस्तोला पनि हिनामिना काण्ड शुरुभएदेखि यही कार्यालयमा कार्यरत छन ।टिका बाँस्तोला भने तीन बर्षदेखि नै यही कार्यलयमा छन । हिनामिना काण्डमा मछिएका रुद्र दहाल भने भरखरै मात्र कार्यालयमा हाजिर भएका थिए ।

टोलीले कार्यालयमा रहेका कर्मचारीहरूसँग सोधपुछ र कागजपत्रका बारेमा आईतवारबाटै छानबिन गरेको हो । कार्यालयका लेखा र राजश्व फाँटका कागजपत्र यस अघि नै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको इटहरी स्थित कार्यालयले नियन्त्रणमा लिएको थियो । यता हिनामिनाका मुख्य अभियुक्त लेखापाल अधिकारी भने फरार रहेका छन ।

काठमाण्डौबाट आएको अनुसन्धान टोली फर्कीएपछि मुद्या दायर गर्ने छ । मुद्या चलाउनु अघि सवै प्रमाण भेला पारेर मात्रै मुद्या दायर गर्ने तयारी गरको अख्तियारले जनाएको छ । अख्तियारका उप सचिब दिलिप गौतमले अनुसन्धान शुरु भएको र आवश्यक कागजहरू हेर्ने र कर्मचारीहरूसँग सोधपुछ गर्ने काम भईरहको जनाए ।

५६ करोड ५८ लाख आर्थिक भष्ट्राचार गर्ने मुख्य अभियुक्त लेखापाल अधिकारी सहित कार्यलय प्रमुख उपसचिव नयाँराज नेपाल, लेखा अधिकृत टिकाराम अधिकारी, रुद्रप्रसाद दाहाल र नायब सुब्बा टिका बास्तोलालाई मन्त्रालय तथा यातायात व्यवस्था विभागले वुधवार निलम्बन गरेको थियो ।

यता कार्यालय प्रमुख नयराज नेपालले भने आफूलाई फसाँइएको वताएका छन । आफु कार्यलयमा आएको ६ महिना पनि भएको छैन तर तीन बर्षदेखिको घोटलामा म फसे । ‘सवै स्रेस्ता मिलेर आएको हुन्थयो मैले कर्मचारीसँग अविश्वास गर्न सकिन उनले भने ।

विल भरपाई विनाका करोडौ रूपैयाँ लामो समय देखि अपचलन हुर्दै आउँनुमा ग्लोवल बैकको पनि संलग्नता रहेकोे आंशकामा सम्पूर्ण वैकको विवरण मागको अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय प्रमुख भट्टराईले जनाए ।