इटहरी । नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीले सैनिक भर्तीका लागि लिएको लिखित परीक्षामा संलग्न दुई जना नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको छ । इटहरी–४ आइत’स्थित विश्वआदर्श कलेजको परीक्षा केन्द्रमा सञ्चालन भइरहेको लिखित परीक्षामा अर्कैको नाममा नक्कली परीक्षार्थी भई परीक्षा दिइरहेको अवस्थामा पक्रउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा सुनसरीको बराह नगरपालिकाका पासाङ राई र धनकुटाका धनबहादुर राई रहेको प्रहरीले जनएको छ । पक्राउ परेका दुवैलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।