धरान/धरान–७ स्थित शान्तिपथ, श्रीजंगालाइन र कोशीपथका टोलबासीहरुले आफ्नो टोल आफै सफाई गरेका छन् । टोल विकास संस्था नाम राखेर उनीहरुले आइतबार टोल सरसफाई गरेका छन् । अव हरेक सातामा उक्त संस्थाले टोल सफाई कार्यक्रम गर्ने बताएको छ । शान्तिपथदेखि सुरु गरिएको सफाई अभियानमा तीनवटै टोलको सफाई गरेका थिए । टोलबासीलाई जागरुक बनाउने उद्देश्यले सफाईमा आफै जुटेको टोलबासीले बताएका छन् ।