धरान/धरान प्रहरीले तिनकुने नाकाबाट शनिबार साँझ दुईजनालाई लागूऔषधसहित समातेको छ । को २१ प ९८९६ नम्बरको स्कुटीमा आउदै गर्दा चेकजाँच गर्ने क्रममा धरान–३ का संजयकुमार ठाकुर, र पछाडी सवार धरान–२ का संगम शाक्यलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ९० एम्पुल टिडी जेसिक बरामद गरेको हो । सञ्जयले कम्मरको पेटीमा बाधेर ल्याएको अवस्थामा उक्त परिणाममा लागूऔषध पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए । उनीहरुलाई लागूऔषध मुद्दामा अनुसन्धान भइरहेको उनले बताए ।