इटहरी/नेकपा माओवादी केन्द्रले स्थानीय निकायको निर्वाचनको लागि इटहरी उपमहानगरपालिकामा उमेद्वार छनौट गरेको छ । उपमहानगरको मेयर दुई जना महिलालाई अघि सारेको छ । हरिमाया जिमी याक्खा (तामाङ) र सरस्वती पोख्रेललाई अघि सारेको र दुई मध्ये एक जनालाई प्रदेश नम्वर १ ले निर्णय गर्ने पार्टीले जनाएको छ । यता इटहरी नगर इन्चार्ज सागर सुवेदीलाई पार्टीले उपमेयरमा उठाउने निश्चित गरेको छ । शनिबार पार्टीले पत्रकार सम्मेलनमा उपमेयरमा सागर सुवेदीलाई निर्णय गरिएको जनाएको हो । इटहरीको एक नम्वर वार्डको अध्यक्ष निर्णय हुन बाँकी रहेको र सदस्यमा राजु दर्जी र खड्ग माझी उठाउने भएको छ । यसै गरी २ नम्वर वार्डमा विनोद खड्का अध्यक्ष र सदस्यमा खेम विक र पानालाल चौधरीलाई निर्णय गरेको छ । वार्ड नम्वर ३ मा बहादुर सिंह तामाङ अध्यक्षमा उठ्ने भएका छन् भने सदस्यमा मिना विष्ट, शकुन्तला लिम्बू, मनोज राई र फूलमाया विक उठ्ने भएका छन् । वार्ड नम्वर ४ मा पत्रकार कविन्द्रबहादुर केसीलाई अध्यक्षमा उठाउने निर्णय गरेको छ भने सदस्यमा टिका पराजुली, मणिप्रसाल लिम्बू र सुराया राईलाई सदस्यमा उठाउन निर्णय गरेको छ । वार्ड नम्वर ५ निर्णय हुन बाँकी रहेको केन्द्रले जनाएको छ । ६ नम्वर वार्डमा कृष्णप्रसाद सापकोटा अध्यक्ष र सदस्यहरुमा खिलाराज पराजुली, हेमसागर सुवेदी, पुनम थापा मगर र लक्ष्मी विकलाई उठाउने भएको छ । वार्ड नम्वर ७ को अध्यक्षमा मनाही चौधरीलाई उठाउने भएको छ भने सदस्य निर्णय हुन बाँकी रहेको पार्टीले जनाएको छ । यस्तै वार्ड न्मवर ८ मा कविता भट्टराई अध्यक्ष र सदस्यहरुमा पुला पौडेल, जनकलाल सरदार, संगिता विक र मिरा थापा उठाउने निर्णय गरेको छ । वार्ड नम्वर ९ मा चितनारायण चौधरी अध्यक्ष र सदस्यमा पुजा पौडेल, शान्ति गजमेर, समीपराज पोखरेललाई उठाउने निर्णय गरेको भने वार्ड नम्वर १०मा झमकप्रसाद पराजुली अध्यक्षमा उठ्ने टुङ्गो भएको छ । ११ नम्वर वार्डको टुङ्गो गरेको छैन । यस्तै वार्ड नम्वर १२ मा युद्धप्रसाद नेपाल अध्यक्ष र भूमिकुमारी चौधरी, भरतलाल चौधरी, सन्यासकुमार समाह र कृष्ण दर्जीलाई उठाने निर्णय गरेको छ । यसै गरी वार्ड नम्वर १३ मा मनोहर चौधरीको अध्यक्षतामा तारादेवी न्यौपाने, इश्वरी वास्तोलालाई सदस्यमा उठाउने टुङ्गो गरेको छ । वार्ड नम्वर १४ मा पनि टुङ्गो लगाएको छैन । यसै गरी १५मा अशिलाल चौधरी अध्यक्ष तथा रेखा चाधरी, सपना विक, सबुरलाल खवास तथा विन्देश्वर चौधरीलाई सदस्यमा उठाउने निर्णय गरेको छ । वार्ड नम्वर १६ को अध्यक्षमा दुर्गेश चौधरी र सदस्यहरुमा निमेन्द्र चौधरी, अम्बिाका गुरागाई, रुपा सदा र रामेश्वर चौधरीलाई उठाउने निर्णय गरेको छ । यसैगरी वार्ड न १७ मा प्रभात आचार्य अध्यक्ष र सदस्यमा विना मुसहर, भुजेश्व्र चौधरी र मिकाइल हुसेनलाई उठाउने निर्णय गरेको छ । वार्ड नम्वर १८ मा दिपनारायण चौधरीको अध्यक्षता र आवसा मियाँ, सितादवी चौधरी, देवी विक र भरत चौधरी सदस्यमा उठाउने निर्णय गरेको छ । यस्तै वार्ड नम्वर १९ मा दिव्यप्रसाद काफ्ले अध्यक्ष तथा सदस्यमा सोमनाथ निरौला, केदार कार्की, डोलकुमारी श्रेष्ठ र रमादेवी विकलाई उठाउने निर्णय गरेको छ । यस्तै वार्ड नम्वर २० केशर प्रधान अध्यक्ष तथा सदस्यहरुमा तीर्थकुमारी वन, भीमा विक, देवबहादुर तामाङ र मुरारी घिमिरे सदस्यमा उठाउने निर्णय गरेको छ । पत्रकार सम्मेलनमा पार्टीका जिम्मेवार व्यक्तीहरु शारदा पोख्रेल, हिमाल सुवेदी, निर्मल बराललगायतका नेताहरुको सहभागिता रहेको थियो । बाँकी रहेका वार्डका पदाधिकारी पनि केही दिनमै टुङ्गो लगाउने पत्रकार सम्मेलनमा पार्टी नेतृ शारदाले जानकारी दिइन् ।