धरान/इटहरीमा अमेरिकन पेस्तोलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी–१७ कान्छीचौकबाट दुईजनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मोरङ सुन्दर–दुलारी नगरपालिका–६ का ३३ वर्षीय प्रेमकुमार राई र इटहरी उपमहानगर–६ का अमित सिंह रहेका छन् । उनीहरुको साथबाट प्रहरीले युएसए ७.६५ एमएम लेखिएको पेस्तोल एक थान, ३ राउण्ड गोली लोड भएको म्यागजिन एक थान र खाली म्यागजिन एक थान बरामद गरेको छ । बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको टोलीले को २८ प ५७७० नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई शंकालागी चेकजाँच गर्ने क्रममा उक्त पेस्तोल फेलापारी नियन्त्रणमा लिईएको हो । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय पकलीमा राखि थप अनुसन्धान भईरहेको छ ।