-
Home
-
पूर्व
-
धन्न ! हलगडाको दुर्घटनामा ज्यान गएन
धन्न ! हलगडाको दुर्घटनामा ज्यान गएन
- वैशाख ८, २०७४
- ब्लाष्ट खबर
धरान/कोशी लोकमार्ग अन्तर्गत इटहरी सडक खण्डको हलगडामा इलाम तर्फ जादै गरेको बस शुक्रबार अपरान्ह करिव सवा १ बजेतिर दुर्घटना भएको छ । को १ ख ३९१२ नम्बरको रानी सेवा नामक बस दुर्घटना भएको हो ।
धरानबाट इलाम तर्फ जादै गएको बस दुर्घटना हुँदा ६ जनाजति सामान्य घाइते भएको हलगडा अस्थायी ट्राफिक प्रहरी पोष्टका इन्चार्ज सई गणेशबहादुर कार्कीले बताएका छन् । अहिले बसका चालक इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको छ । अस्पताल जानु पर्ने अवस्थाको कोही पनि घाइतेहरु नभएको सई कार्कीले बताए ।
बसमा करिव ३५ जना सवार रहेको प्रहरीले अनुमान गरेको छ । बस पनि सामान्य गतिमा आइरहेको अवस्थामा अचानक पल्टिएको प्रत्यक्षदर्शी हलगडाका गणेश अधिकारीले बताएका छन् । बस के कारणले पल्टिएको हो भन्ने हालसम्म खुल्न सकेको छैन् ।