धरान/कोशी लोकमार्ग अन्तर्गत इटहरी सडक खण्डको हलगडामा इलाम तर्फ जादै गरेको बस भर्खरै दुर्घटना भएको छ । को १ ख ३९१२ नम्बरको रानी सेवा नामक बस दुर्घटना भएको हो ।
[caption id="attachment_41617" align="alignnone" width="960"]
तस्बिरः बाबुराम सुवेदी[/caption]
दुर्घटनाबाट मानवीय क्षतिको विवरण हालसम्म आउन सकेको छैन् । अहिले बसबाट मानिसहरु आत्तिदै बाहिर निस्किरहेको प्रत्यक्षदर्शी बसन्त वान्तवाले ब्लाष्टलाई जानकारी दिएका छन् । उनका अनुसार खतरनाक तरिकाले बस दुर्घटना भएको छ ।
अहिले ट्राफिक प्रहरी र स्थानीयबासीहरुले दुर्घटनामा परेकाहरुलाई उद्दार गर्ने कार्य भइरहेको छ ।