-
Home
-
पूर्व
-
स्थानीयले शिविरको जग्गा कसैलाई हड्प्न नदिने
स्थानीयले शिविरको जग्गा कसैलाई हड्प्न नदिने
- वैशाख ७, २०७४
- ब्लाष्ट खबर
शनिश्चरे (मोरङ)/सट्टाभर्नाका नाममा आँखा गाडिएको मोरङको पथरीशनिश्चरे १० मा भूटानी शरणार्थीको वसोवास रहेको बहुमुल्य जग्गा व्यक्तिलाई कुनै पनि हालतमा भोगचलन गर्न नदिने स्थानीयवासीले बताएका छन् ।
स्थानीय पशुपति सामुदायिक वन उपभोक्ता समूहले जिल्ला वन कार्यालय र त्यसमातहतका निकाय तथा स्थानीयसँग विहीवार गरेको छलफलमा सो जग्गालाई नगरपालिकाको सम्पत्तीका रुपमा हस्तान्रण गर्नुपर्ने स्थानीयले राय व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै स्थानीय रमेश राई, मदन अधिकारी, चन्द्र कार्की, खेम भट्टराई, उत्तम राइ लगायतले सट्टाभर्नाको नाममा बहुमुल्य जग्गामाथि भूमाफियाहरुले आँखा लगाएर पटक पटक नियन्त्रणको प्रयास गरेको उल्लेख गरेका छन् । युवाहरु सहितको स्थानीयको रायको प्रतिनिधित्व गर्दै उत्तमले भने ‘सट्टाभर्नाको नाममा भएको भूमाफियाको चलखेललाई रोक्दै यहाँको जग्गा नगरपालिकाको कार्यालयका लागि व्यवस्थापन गर्न सम्बन्धित निकायसँग हाम्रो साझा माग हो । नगरपालिकाको केन्द्र यहीँ हुने अघिल्लो सहमति पनि कार्यान्वन गर्न बाँकी छ ।’
अर्का सहभागि मदन अधिकारीले शरणार्थी तेस्रो मुलुक पुनर्वास भइसकेपछि त्यस जग्गाका विषयमा स्थानीयसँग छलफल गरी सामुदायिक कामका लागि निर्णय गर्नुपर्नेमा यसबेला नै नाँपजाँच गर्न थाल्नु माफियाहरुको प्रष्ट चलखेल रहेको टिप्पणी गरे । मोरङ, सुनसरी सहितका प्रमुख जिल्ला अधिकारीहरु समेत सट्टाभर्नाका नाममा वन क्षेत्रको बहुमुल्य जग्गाका विषयमा शंकास्पद रहेको सहभागिले टिप्पणी गरे । सट्टाभर्ना समितिमार्फत यसअघि भएको नाँपचाँज कार्यप्रति सहभागिले खेद व्यक्त गरे । खाली रहेको जग्गामा बृक्षारोपण गर्दै जाने भन्ने वन समूहको योजनामा सहभागिले समर्थन नजनाई खाली नै छोड्ने सुझाव दिए ।
कार्यक्रममा सहभागि जिल्ला वन कार्यालयकी सहायक प्रमुख सरोजा कोइरालाले वन क्षेत्रको संरक्षित जग्गा सट्टाभर्नाका नाममा कसैले त्यसखाले गतिविधि गरेमा वन कार्यालयले रोक्ने उल्लेख गरिन् । साथै उनले शरणार्थी उठेपछि सो जग्गालाई के गर्ने भन्ने बारेमा स्थानीयको समेत परामर्श लिइने जनाईन् । ‘सरकार र युएनएचसीआरबीचको सहमतिमा शरणार्थी हटेपछि बृक्षारोपण गरेर पहिले रहेको जंगलकै अवस्था बनाएर जग्गा छोड्ने भन्ने छ । त्यसले पनि तत्काल सट्टाभर्ना बसाउन र स्थानीयले खाली नै राख्ने भन्ने दुवै कुरालाई रोक्छ । पछि सरकार र स्थानीय मिलेर सहमति गर्ने कुरा त छँदैछ ।’– उनले प्रष्ट्याइन् ।
सो वनको व्लक नम्बर ४ मा पर्ने शिविर क्षेत्रमा गत चैत २ गते बेलबारी नापी शाखाका अमिन रमेश यादव सहितको नेतृत्वमा अत्याधुनिक औजार जीपीएस सहित टोली आएर जग्गा नाप्न थालेको थियो ।
सट्टाभर्नाको जग्गा छुट्याउने नाममा आएको सो टोलीलाई वन समूह र स्थानीयवासीले नियन्त्रणमा लिई सेक्टर वन कार्यालय मंगलबारेमा बुझाएका थिए । टोलीले प्रयोग गरेको वा. २ झ २३५३ नम्बरको गाडी र नापजाँचमा संलग्न औजार समेत नियन्त्रणमा लिई आवस्यक कारबाहीका लागि बुझाएपनि वन कार्यालयले तत्काल छोडेको थियो ।
आफुहरुले वर्षाैंदेखि संरक्षण गर्दै आएको र भूटानी शरणार्थीका लागि निश्चित अवधिका निम्तिी वसोवासका लागि दिएको वन क्षेत्रको सो जग्गामा यसअघि पनि सट्टाभर्नाका नाममा चलखेल हुँदै आएको स्थानीयले बताएका छन् । रातारात कागजात तयार पारी नाप जाँच नै गर्न थालेपछि उनीहरु आन्दोलित हुँदै आएका छन्