सुनसरी/ सुनसरीको धरान उप-महानगरपलिका-६ स्थित भानुचोकमा बुधबार एक महिला मृत अवस्थाम भेटिएकी छिन् ।
तत्काल नाम थर वतन खुल्न नसेकेकी अन्दाजी ५५ बर्षिय महिलाई स्थानियले मृत अवस्थामा भेटेपछी प्रहरीमा खबर गरेका थिए।
घटनास्थलमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहरीको टोली खटिगई शव पोष्टमार्टमको लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ भने घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी धरानले जनाएकाे छ ।