नायिका निशा अधिकारी पहिलो पटक निर्मात्रीको रुपमा उदाएको चलचित्र 'झ्यानाकुटी' को छायांकन सकिएको छ । नेपालको धम्पुसमा सम्पूर्ण सिन खिच्दै चलचित्रको छायांकन सकिएको निर्मात्री निशाले जानकारी दिइन् ।
यो चलचित्रमा पहिलो पटक नायिका वेनिशा हमाल र नायक सौगात मल्लको जोडी बाँधिएको छ भने नायक कर्मा शाक्य पनि लिड रोलमा छन् । फ्लोरमा गएको एक महिनामा नै छायांकन सकिएको यो चलचित्रको रिलिज डेट समेत कन्फर्म भैसकेको छ ।
चलचित्रका वितरक सुनिल मानन्धरको खबरलाई आधिकारीक मान्ने हो भने वेनिशा र सौगातको 'झ्यानाकुटी' भदौ ८ गतेबाट हलमा लाग्ने फाइनल भैसकेको छ ।
तपाईहरुलाई बताइदिउँ, यो मितिमा यसअघि नै अनमोल केसी स्टारर फिल्म 'कृ' ले रिलिज डेट लक गरिसकेको छ तर अहिलेसम्म 'कृ' को छायांकन भने आरम्भ भएको छैन । 'कृ' भदौ ८ गते रिलिज हुने संभावना टर्दै गएका कारण निशाले आफ्नो फिल्म 'झ्यानाकुटी' सोही मितिमा रिलिज गर्न लागिएको खबर छ । निशाको निर्माण रहेको चलचित्र झ्यानाकुटीलाई सिमोश सुनुवारले निर्देशन गरेका हुन । सिमोशले चलचित्र निर्माणमा निशालाई सहयोग गरेका छन् ।
बुधवार पोखरामा सामुहिक तश्वीर खिचाउँदै झ्यानाकुटी यूनिटक काठमाडौं ब्याक भैसकेको छ । यो चलचित्रमा वेनिशाले 'मालती' को क्यारेक्टर निर्वाह गरेकी छिन् भने सौगात 'बुद्धे' को भूमिकामा छन् ।