राजविराज/ हतियार देखाइ अपहरण गर्ने सप्तरीका दुई युवालाई प्रहरीले बुधबार पक्राउ गरेको छ।

प्रहरी चौकी गम्हरिया प्रवाहाको गस्ती टोलीले बिष्णुपुर गाउँपालिका १ का २२ वर्षीय मो। जुमराती मियाँ र खड्ग नगरपालिका ७ का २२ वर्षीय मो.मन्जुर मियाँलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने दुई राउण्ड गोली बरामद भएको प्रहरी नायव उपरीक्षक लक्ष्मीराज अधिकारीले बताए ।

प्रहरी नायव उपरीक्षक अधिकारीका अनुसार डाक्नेश्वरी नगरपालिका ८ गम्हरीया प्रवाहास्थित २६ वर्षीय दुर्गाप्रसाद साहलाई सुतिरहेका बेला गएराति पेस्तोल देखाई अपहरण गरी बेपत्ता बनाएको आरोपमा उनीहरु पक्राउ परेका हुन्।

पक्राउ परेका मियाँहरुविरुद्ध बुधबार अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ।