पथरी / कानेपोखरी गाउँपालीका वडा नं. २ स्थीत एक घरमा आगो लाग्दा आगोले जलेर एक जनाको मृत्यु भएको छ । बुधबार विहान करिव २ बजे बर्ष ५५ को घिर्ना ऋषीदेवको घरमा आगो लाग्दा २३ बर्षिय छोरा राजेश ऋषिदेवको आगोले जलेर मृत्यु भएको हो । बेलुका बाबुछोरा मादक पदार्थ खाएका थिए । मादक पदार्थ खाएर घरमा छोरोमात्र सुतेका थिए ।

मादक पर्दाथ सेवन गर्दा बुबा घिर्ना ऋषिदेव अन्यत्रै सुत्ने गरेको स्थानीयलाई उद्धत गर्दै प्रहरीले बताए । घटना घरमा राती बालेर छाडेको बत्तिको टुकी लडेर ओछ्यानमा आगो सल्कीएर घर आगो लागेको इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर राजन कार्कीले बताए । सवलाई पोष्टमार्टमको लागी मंगलबारे हस्पिटल लगीएको प्रहरीले बताए । आगोले फुस्को घर र टाटीको बेरा ,लता कपडा,अन्न,भाडाकुडा,ओड्ने ओछ्याउने लगाएतको सामान जलेर नष्ट भएको छ।