भद्रपुर/ नेपालमा प्रतिबन्धित गरिएका पशुपक्षीको आयत गर्ने क्रम रोकिएको छैन । केहि वर्ष यता देखि नेपालमा बर्ड फ्लु रोगको हल्ला चलेपछि नेपाल सरकारले वाहिरी देशवाट पशुपंक्षी आयतमा रोक लगाएपनि त्यस्ता वस्तु लुकिछिपी नेपाल छिराउने क्रम नरोकिएको हो ।
यसैक्रममा भारतबाट अवैध वाटोगरी नेपाल तर्फ ल्याउदै गरेको प्रतिबन्धित ७२ ओटा लोकल कुृखुरालाई वडा प्रहरी कार्यालय भद्रपुरले बरामद गरेको छ । भारतको गलगलियाबाट दुई वटा साइकलमा हालेर भद्रपुर बजार तर्फ बेच्न ल्याएको अवस्थामा प्रहरीले भद्रपुर नाकाबाट कुखुरा बरामद गरेको वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर कुलप्रसाद चौधरीले जानकारी दिए । भारतबाट पशुपक्षी नेपाल भित्राउन कानूनी रुपमा बन्देज रहेकोले नियन्त्रणमा लिएको इन्सपेक्टर चौधरीको भनाई छ । प्रतिबन्धित लोकल कुृखुरालाई मंगलबार अस्थायी पशु क्वारेन्टाइन चेक पोष्ट भद्रपुर परिसरमा कर्मचारी, नागरिक समाजको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।