अपराधीको डाटा खाज्दै इटहरी प्रहरी
- वैशाख ५, २०७४
- ब्लाष्ट खबर
तरहरा (सुनसरी)/इटहरी आसपासको अपराधीक गतिवधि रोक्न प्रहरीले विशेष सुरक्षा सर्तकता अपनाउँन थालकोे छ । चुनाव लक्षीत गरी अपराधीक गतिविधि गर्नेहरुको डाटा इटहरी प्रहरीले खोज्न थालेको हो ।
सहज रुपमा चुनाव गराउँन अपराधिक गिरोहहरु खोजी गर्ने थालेको इलाका प्रहरी कार्यलय इटहरील जनाएको छ । ठुला अपराधिक गिरोह इटहरीमा पक्राउ परे सँगै इटहरी आसपासको क्षेत्र शान्त वन्दै गएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । पुराना घट्नाका अपराधिहरु समेत खोज्ने काम भईरहको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी नरेशराज सुवेदीले जनाए ।
उनले भने, ‘इटहरीमा सामुहिक अपराध समाप्त भएको छ ।’ स्थानीय चुनावमा अपराधिक गतिविधि हुन सक्ने भन्दै रातभर प्रहरी परिचालन गरेर शान्ती सुरक्षा कडा पारीएको डिएसपी सुवेदीका भनाइ थियो ।
लामो समय देखि इटहरीलाई केन्द्र बनाएर संगठित रुपमा अपराध गर्ने गिरोहरुलाई पक्राउ गरी कारागार पठाएपछि अहिले इटहरी सुनसान डिएसपी सुवेदीले भने । ४ वटा पेस्ताल एकै ठाउँमा पक्राउ गरे सँगै इटहरी आसपासमा ठुलो घट्ना नभएको उनको भनाई थियो । प्रहरीले इटहरी आसपासमा हुने गुण्डागर्दीको समेत अन्त्य भएको जनाएको छ । इटहरीमा गुण्डागर्दी सकियो उनले भने ।
कारागारबाट आएका अभियुक्तहरुबाट आएकाहरुलाई पनि निगरानी गदै फरार भएकाहरुको खोजी कार्य भईरहको भन्दै हातहतीयारको पनि खोजी भईरहेको उनका् भनाई थियो । चुनावको वेला हातहतियारको केशमा पक्राउ परेकाहरुको रेकर्ड राख्ने काम हामीले तिब्र वढाएको छौ डिएसपी सुवेदीले भने । हातहतियार तथा चुनावमा हुन सक्ने अपराधिक गतिविधिहरु नियन्त्रण गर्ने इटहरी प्रहरी सक्रिय भएको जनाएको छ ।
होटल र रेष्टुरेण्डमा समेत रकर्ड राख्न इटहरी प्रहरीले होटल ब्यावसायीहरुलाई अनुरोध गरेको छ। हेटलमा सिसि क्यामरा जडान गरी होटलमा आउँने ग्राहकहरुका रेकर्ड राख्न समेत प्रहरीले उर्दि गरेको जनाएको छ । सादा पोसाकको प्रहरी समेत परिचालन गरी पूर्वक केन्द्र विन्दु इटहरीलाई विशेष निगरानीका साथ सुरक्षा अगाडी वढाएको प्रहरीले जनाएको छ ।