पथरी/ पती र पत्नी विचको सामान्य झगडामा पत्नीले आफ्नै घरमा आगो लगाउँदा पाँच लाख बराबरको घनमाल जलेर नष्ट भएको छ ।
सोमबार पथरीशनिश्चरे ७ का ५० बर्षिय रमिला राईले रिसको झोकमा आगो लगाउँदा सो बराबरको धनमाल जलेर नष्ट भएको हो ।
आगोले काठको एक तले पुस्को घर, गोठ र दुई वटा परालको टाली, लता कपडा,अन्न,भाडाकुडा,ओड्ने ओछ्याउने लगाएतको सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर राजन कार्कीले बताए ।
दमकबाट आएको दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रण गरेका थिए । पती राम बहादुर राई सँग पत्नी रमिला राईको विवाद पछि केहि वेरमा घरमा आगो लगाएको प्रहरीले बताए ।
आगो लगाउने रमिलालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई आगो लगाउने कसुर वापत कारवाही हुने इलाका प्रहरी कार्यालय पथरीका प्रम’ख इन्सपेक्टर राजन कार्कीले बताए ।