विजयपुर/तरुण दलले धरान स्थित भानुचौकमा आयोजना गरेको कार्यक्रममा तिन युवालाई कट्टि सहित प्रहरीले पक्राउ गरेको छ । कार्यक्रम स्थलमा कट्टि सहित भेटिएका ति युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले धरानका प्रबेश राई,बिरेन लिम्बु र लक्कि गुरुङलाई कट्टी सहित पक्राउ गरिएको बताए । उनीहरुका बारेमा थप अनुसन्धान भईरहेको उनले बताए ।

कट्टि लिएर कार्यक्रम स्थलमा प्रबेश गरेका ति युवालाई तरुण दलका कार्यकर्ताले देखेपछि प्रहरीको सहयोगमा पक्राउ गरेका थिए ।