विजयपुर/नेपाल तरुणदल सुनसरीका उपाध्यक्ष सन्तोष बिकले धरान–१५ स्थित पुर्वाञ्चल ज्ञानचक्षु बिद्यालयलाई १५ हजार रुपैया आर्थिक सहयोग गरेका छन् । आइतबार बिद्यालयमा पुगेर उनले बिद्यालयकी प्रध्यानाध्यापक केशरी थापालाई नगद प्रदान गरेका हुन् ।
बिकले बिद्यालयको शैक्षिक सामाग्रि खरिदका लागि पाँच हजार,बिद्यार्थीहरुको स्वास्थ्य उपचारकालागि पाँच हजार र दुई जना बिद्यार्थीहरुको पढाईका लागि पाँच हजार गरि पन्ध्र हजार रुपैया सहयोग गरेका हुन् ।
बिद्यालयको अबस्थाको बारेमा जानकारी गराउदै बिद्यालयकी प्रध्यानाध्यापक केशरी थापाले सहयोगीदाताहरुको सहयोगबाटै बिद्यालयलाई अहिले सम्म निरन्तर सञ्चालन गर्न सम्भब भएको बताईन ।
तरुणदल सुनसरीका उपाध्यक्ष सन्तोष बिकले समाजमा पछि परेका क्षेत्रहरुको अबस्था सुधार गर्न सबै लागि पर्नु पर्ने बताए । बिद्यालयलाई आगामी दिनमा पनि थप सहयोग गर्दै जाने उनले बताए ।
कार्यक्रममा ब्लाष्ट टाईम्स दैनिकका प्रधानसम्पादक राजकुमार कार्किको पनि उपस्थिती रहेको थियो ।प्रधानसम्पादक कार्कीले समाजीक जीबन बाच्नका लागि निस्वार्थ भावनाले सामाजीका कार्य गर्नु पर्ने बताए ।
रकम हस्तान्तरण गर्दा बिद्यालयका कर्मचारी तथा शिक्षक शिक्षिकाहरुको उपस्थितीपनि रहेको थियो ।