-
Home
-
पूर्व
-
धरानमा १० बजेसम्म मात्रै होटल खोल्न पाइने
धरानमा १० बजेसम्म मात्रै होटल खोल्न पाइने
- वैशाख २, २०७४
- ब्लाष्ट खबर
धरान/स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै धरानमा सञ्चालित होटलहरु १० बजे नै बन्द गर्न प्रहरी प्रशासनले निर्देशन जारी गरेको छ ।
प्रहरीले रातको १० बजे भन्दा उता होटल खोल्न नपाउने नियम लागु गरेको छ । यसका विषयमा प्रहरीले सम्बन्धित होटल सञ्चालकहरुसँग बसेर छलफल गरिसकेको छ । शनिबारदेखि नै लागू हुने गरी निर्देशन जारी गरेको वडा प्रहरी कार्यलयका सई जसबहादुर लिम्बुले बताए ।
‘राती सम्म खुल्ने होटल सन्चालकहरुसँग एक चरण कुरा भइसकेको छ’ उनले भने । सुरक्षालाई ध्यानमा राख्दै यो कार्य गरेको सई लिम्बूले बताए । उक्त कार्यमा सहयोग गर्न सम्पुर्ण ब्यबसायी तथा आम जनसमुदायलाई उनले आग्रह गरेका छन् ।