काठमाडौं/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लक्षितगरी अंतरिक्षमा अश्लिल शब्दमा लेखिएको प्लेकार्डसहितको विरोध गरेका छन् ।

गत विहिबार राति रसियाको ‘अटोनोमाउस स्पेस एजेन्सी नेटवर्क’ले पहिलो अंतरिक्ष यात्री युरी गागरिनको सम्झनामा राष्ट्रपति ट्रम्पलाई गाली गरीएको व्यानर अंतरिक्षमा पठाइएको हो । साथै एजेन्सीले चन्द्रमामा पाइला टेक्ने छैँठौ व्यक्ति एडगर मिसेलबाट पाएको प्रेरणाले व्यानर बनाएकोसमेत उल्लेख गरेको छ ।

अमेरिकाका् ४५औँ राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प अहिलेसम्मकै सबैभन्दा धेरै विवादास्पद व्यक्ति हुन् । तर, अंतरिक्षमै उनको विरोध भएपछि उनी पहिलोसमेत बनेका छन् ।

‘अटोनोमाउस स्पेस एजेन्सी नेटवर्क’ (आसन) एक ग्लोबल नेटवर्क भएको ‘डिआइवाइ’ कार्यक्रम अन्तर्गत अंतरिक्षमा खोज तथा अनुसन्धान गर्ने संस्था हो ।

खराब रानजनीति गरेर चन्द्रमाको पनि वातावरण धुमिल बनाउन सक्ने भन्दै विशेष ड्रोनमार्फत अंतरिक्षमा व्यानर पठाई ट्रम्पको विरोध गरीएको एजेन्सीले उल्लेख गरेको छ ।

ट्वीटरमा प्रकाशित गरीएको जस्तो व्यानर ड्रोनको बाहिरी सतहमा झुन्डाइएको छ र त्यसको वरीपरी सुन्दर पृथ्वी देखिएको छ । प्ले कार्डमा राष्ट्रपति ट्रम्पलाई अस्लिल शब्दहरुले गाली गरीएको छ ।