काठमाडौं/अमेरिकाले अफगानिस्तानको नागहार प्रान्तमा खसालेको नन न्यूक्लियर बमका कारण कम्तिमा ९० जना आईएस लडाकुको मृत्यु भएको प्रान्तका गर्भनरले पुष्टि गरेको छन् ।

अमेरिकाले आईएसको वेसमा खसालेको शक्तिशाली उक्त नन न्यूक्लियर बम अहिलेसम्मकै ठूलो हो ।

स्थानीय समय अनुसार बिहीबार सांझ गरिएको विष्फोटबाट आईएसले प्रयोग गरेको टनेल र बंकरहरु ध्वस्त भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

सुरुमा आईसले विष्फोटबाट कुनै क्षति नपुगेको जनाएको थियो । यो बमलाई ‘मदर अफ अल बम्स्’ को नाम दिइएको छ ।

सन् २००३ मा परीक्षण गरिएको यो बम प्रयोगमा ल्याइएको थिएन । बमको तौल ९ हजार ८ सय किलो र यसको लम्बाई ३० फिटभन्दा धेरै थियो ।

गत हप्ता अफगानिस्तानमा आईएससँगको लडाईंमा अमेरिकी सैनिक मारिएपछि अमेरिकाले यो बम खसालेको हो ।