तेहरान/ इरानको उत्तर पश्चिम क्षेत्रमा आएको बाढी पहिरोमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य ३७ जना बेपत्ता भएका छन् ।
पूर्वी अजरबैजान प्रदेशमा शुक्रबार सुरु भएको भीषण वर्षापछि आएको बाढी पहिरोले घर तथा कारहरु बगाएको दृश्य सरकारी टेलिभिजनले देखाएको छ ।
अजाब्शीर जिल्लाका प्रमुख अधिकारीले सरकारी समाचार संस्था इर्नालाई दिएको जानकारीअनुसार खोजी तथा उद्धार टोलीले नौ जना पुरुष र तीन जना महिलाको शव भेट्टाएको छ ।
त्यसैगरी सरकारी टेलिभिजनले दुई जना व्यक्तिको अजरशहर नजिकै मृत्यु भएको जनाएको छ । उसले अरु ३७ जना व्यक्ति अझै पनि बेपत्ता रहेको र खोजीकार्य जारी रहेको जनाएको छ ।