धरान/सुनसरीको ईटहरी उपमहानगरपलिका-१७ बाट प्रहरीले शनिबार ९९० किलो सुर्ती सहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरी भोक्राहा-२ बस्ने २६ बर्षिय अरिफ अन्सरी, सोही ठाउँका १६ बर्षिय खुरसजित शेखर १९ बर्षिय तमिट अन्सारी रहेका छन्।
चेकजाँच गर्ने क्रममा उनीसहरु सवार को १ ज२८७३ नम्बरको बलेरोबाट २२ किलोको दरले ४५ बोरा ९९० किलो सुर्ती बरामद भएको प्रहरीलके जनाएको छ। इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीको टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा उनीहरुलाई उक्त सुर्ती लिएर पकलीबाट दक्षिणतर्फ जाँदै गर्दा पक्राउ गरेको हो।
सुर्तीसहित पक्राउ परेका मानिसहरुलाई इलाका प्रहरी कर्यालय पकलीमा राखी थप अनुसन्धान भइरहेको छ भने बलेरोका चालक फरार रहेकाले खोजी भइरहेको छ।