विराटनगर/ मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरस्थित राजा सुनवर्षीको थानमा पुजा अर्चाना गरी सिरुवा मेला भर्नेको शनिबार भिड लागेको छ ।
तराईका आदिवासी समुदायले ताजपुरिया, गनगाई, राजवंशी, थारु, माझी, चौधरीलगायतले आफना कुलदेवता सुनवर्षी महाराजको ग्रामथानमा फूलको घोडा चढाई पूजाआजा गरी मेला भर्ने प्रचलन रहेको छ ।
धार्मिक पर्यटनका रुपमा रहेको यो क्षेत्रमा सिरुवा वर्षको अवसरमा प्रत्येक वर्ष आजकै दिन सुनवर्षी महाराजको थानमा मेला लाग्ने गर्दछ ।
मेला भर्न एवंम सुनवर्षी महाराजको ग्रामथानमा पुजा अर्चाना गर्न पूर्वी तराईको झापा र मोरङ र सुनसरी र दक्षिणी भारतकासमेत मानिसहरु आउने गर्दछन् ।
५० वर्ष अघि सो स्थानमा मेला लाग्दा पोखरीमा रहेको गोहीले मेलामा आउने भक्तजनहरुलाई भाडा कुडा दिने गरेको जनश्रुति रहेको पाइन्छ ।
राजा सुनवर्षी थानको विकासका लागि अहिले १ करोड रुपैयाँको गुरु योजना अघि बढाइएको छ ।