
धरान/ब्लाष्ट टाइम्स दैनिकका डेक्स सम्पादक तथा ब्लाष्टखबर डट कमका सम्पादक देबेन्द्र कार्की सवारी दुर्घटनामा परि घाईते भएका छन् ।
नेपाल पत्रकार महासंघ सुनसरीका केन्द्रीय पार्षद तथा प्रेस चौतरी नेपाल सुनसरीका अध्यक्ष समेत रहेका कार्की आज बिहान उदयपुरको त्रियुगा नगरपालीका ३ स्थित नेपाली सेनाको १८ नम्मर बाहिनी केट बाहिर सवारी दुर्गममा परेका हुन् । कार्कीलाई बिपरीत दिशाबाट आएको ट्याक्टरले ठक्कर दिएको बताइएको छ ।
उदयपुर प्रहरीका अनुसार स१त ३२७३ नम्मरको ट्याक्टरले कार्कीको को२७प ४२९१ नम्बरको मोटरसाईकलमा ठक्कर दिएको बताईएको छ । कार्कीको दाहिने खुट्टा भािचए र बायाँ हात नचलेको स्थानिय पत्रकार कुशलबाबु बस्नेतले जनाएका छन् । कार्कीको टाउकोमापनी चोट लागेको छ ।
घाईते कार्कीको उदयपुरमा उपचार हुन नसकेपछि धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान रेफर गरिएको छ । कार्कीलाई दुर्घटनास्थलबाट नेपाली सेनाले उद्धार गरेको थियो ।