विजयपुर/धरान रनको शनिबार भएको ३ सय १० औ हप्ताको कार्यक्रममा नेकपा (एमाले) धरानको सहभागिता भएको छ ।धरान रनको कार्यक्रममा सहभागि हुदै नेकपा (एमाले) धरानका अध्यक्ष तथा स्थानिय तहको निर्बाचनमा एमालेबाट मेयरको दाबेदार तारा सुब्बाले धरान रनका सदस्यहरुलाई १२ जोर जुत्ता समेत प्रदान गरेका छन् ।

कार्यक्रमको प्रमुख अतिथीको रुपमा उपस्थित सुब्बाले धरान रनले सुरु गरेको ‘स्वस्थ्य धरान,स्वच्छ धरान’को अभियानले पाएको सफलताप्रति आफु आर्कषित भएको बताए ।

धरान रनको अभियानलाई निरन्तरता दिदै यसलाई ब्यबस्थीत गर्न एमालेले सदैब सहयोग गर्ने बताए । स्थानिय तहको चुनाबमा एमालेको उमेद्धार बिजयी भए धरान रनमा एक सह हप्ता कुद्ने बिद्यार्थीहरुलाई छात्रबृद्धिको ब्यबस्था गर्ने उनले बताए ।

धरानमा छुट्टै रन पार्क नै बनाउने योजना एमालेसँग रहेको बताउदै उनले स्थानियतहको निर्बाचनमा सुर्य चिन्हमा मतदान गर्नपनि आग्रह गरे ।

धरान रनका अध्यक्ष रोमु राईले धरान रनलाई अझ बिकाश र प्रभाबकारी बनाउन उपमहानगरपालीकाबाट नियमित बजेटको ब्यबस्था गरिदिन आग्रह गरेका छन् ।कार्यक्रममा एमाले धरानका उपाध्यक्ष नारायण सुबेदी,सचिब राजमणी निरौला,एमाले जिल्ला निर्बाचन कमिटी सदस्य गिरिराज अधिकारी लगायतको उपस्थिती रहेको थियो ।