धरान/यामाहा नयाँ वर्ष बाइक खरिद लक्की ड्रमा धरान–१६ का धनराज लिम्बूले एक लाख रुपैया जितेका छन् । यामाहाले नयाँ वर्ष २०७४ को अवसरमा खोलेको स्क्र्याच कार्डमार्फत् साताभरीको लक्की ड्रमार्फत् धरानको गजुरमुखी ट्रेड एण्ड लिंकबाट स्कुटी खरिद गरेका लिम्बूले उक्त पुरस्कार प्राप्त गरेका हुन् । एकलाख बराबरको चेक लिंकका प्रोपाइटर गोपाल आचार्यले लिम्बूलाई हस्तान्तरण गरे । उनले यसैसाता यामाहाको रे जेड आर स्कुटी खरिद गरेका थिए । बैसाखभरी यो योजना लागू भएको र एकसातामा एकजना लक्की ग्राहकलाई एकलाख पुरस्कार दिने यामाहाले घोषणा गरेको छ । स्क्र्याच कार्डमार्फत् ८ देखि ५० हजार रुपैया पर्छ ।