मास्को/ सिरियाको द्वन्द्वलाई व्यवस्थापन गर्ने विषयमा निरन्तर छलफल र सहकार्य गर्न रुस र संयुक्त राज्य अमेरिका सहमत भएका छन् ।

उनीहरुले अन्तरराष्ट्रिय आतङ्कबाद विरुद्ध पनि मिलेर काम गर्ने विषयमा बुधबार सहमति जनाएका हुन् ।

अल्झीएर रहेका दुई देशका कतिपय साझा स्वार्थका बिषयलाई उनीहरुले अगाडि बढाउने तयारी गरेका छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, रुसका विदेश मन्त्री सेरगेइ लार्भोभ लगायतसँगको भेटपछि अमेरिकाका विदेश मन्त्री रेक्स टिलर्सनले उनीहरूसँगको भेटवार्ता निकै उपलब्धीमुलक भएको पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

सिन्ह्वा