धरान / आसन्न स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन धरानमा काङ्ग्रेसले मूल निर्वाचन परिचालन समिति गठन गरेको छ । काङ्ग्रेस क्षेत्रीय समितिको बैठकले सभापति सुरेशमान श्रेष्ठको संयोजकत्वमा धरानमा रहेका पार्टीका केन्द्र, जिल्ला, क्षेत्र, नगर र वडा समिति, पार्टीका भ्रातृ तथा शुभेच्छुक सङ्घ–संस्था र क्रियाशील सदस्यहरू रहेको ४२१९ सदस्यीय मूल निर्वाचन परिचालन समिति गठन गरेको जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङले बताए ।
उनका अनुसार अन्य आवश्यक विभिन्न समितिहरू समेत गठन भएका छन् । गङ्गाप्रसाद चौलागाईंको संयोजकत्वमा घोषणापत्र तयारी समिति, सुरेशमान श्रेष्ठको संयोजकत्वमा अन्तरपार्टी समन्वय समिति, उमेश थापाको संयोजकत्वमा आर्थिक समिति, सन्तोष विकको संयोजकत्वमा युवा परिचालन समिति, मदन ढकालको संयोजकत्वमा निर्वाचन अनुगमन समिति, बद्री तामाङको संयोजकत्वमा बुद्धिजीवी परिचालन समिति, निर्मला शाक्यको संयोजकत्वमा महिला परिचालन समिति, कमल पोखरेलको संयोजकत्वमा सामाजिक सङ्घ–संस्था परिचालन तथा समन्वय समिति, श्याम पोखरेलको संयोजकत्वमा प्रचार–प्रसार समिति, आइतराज राईको संयोजकत्वमा सुकुम्बासी समन्वय समिति, प्रेमकुमार राईको संयोजकत्वमा आदिवासी जनजाति समन्वय समिति, युवराज शंकरको संयोजकत्वमा दलित समन्वय समिति, बालकुमार राईको संयोजकत्वमा विद्यार्थी परिचालन समिति, सुरेशमान श्रेष्ठको संयोजकत्वमा समन्वय तथा सहजीकरण समिति, विकासकुमार गुवाजूको संयोजकत्वमा खेलकुद समिति, पदमसुन्दर लिम्बूको संयोजकत्वमा मजदुर परिचालन समिति, सुवर्ण पलिखेको संयोजकत्वमा कला तथा सांस्कृतिक समिति, शिवराज श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य क्षेत्र समन्वय समिति, राजेन्द्र साहको संयोजकत्वमा उद्योगी तथा व्यापारी परिचालन समिति, अलिम अन्सारीको संयोजकत्वमा मधेशी, मुस्लिम, अल्पसङ्ख्यक, पिछडा वर्ग परिचालन समिति गठन भएको छ । सहमतिका लागि प्रतिनिधि खटाउने धरानका २० वडामध्ये ६ वडाका उम्मेदवार सर्वसम्मत छनोट भएको र बाँकी वडाहरूमा आकाङ्क्षीहरू धेरै भएकाले सहमतिकै आधारमा उम्मेदवार छनोट गर्न प्रतिनिधि खटाउने निर्णयसमेत गरिएको प्रवक्ता तामाङले बताए । उनका अनुसार १ नं. मा मदन ढकाल, २ नं. मा सुरेशमान श्रेष्ठ, ३ नं. मा महेन्द्र प्रधान, ६ नं. मा धनबहादुर कटवाल, ७ नं. मा रत्न रिमाल, ८ नं. मा सागर प्रसाईं, ९ नं. मा सुजेन्द्र तामाङ, १० नं. मा तिलक राई, ११ नं.मा मुरारी भट्टराई, १२ नं. मा मुकेश थापा, १४ नं. मा सन्तोष सापकोटा, १५ नं. मा उमेश थापा, १७ नं. मा पर्वत राई र १९ नं. मा प्रेमकुमार राईलाई प्रतिनिधि खटाइएको छ ।