धरान /  नेपाली कांग्रेसको केन्द्रिय परिपत्र अनुसार मेयर र उपमेयर पदका सम्भावित उम्मेदवारको नामावली धरानका सबै वडावाट क्षेत्रीय समितिमा सिफारिस भईआएको क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठले बताए ।

उनका अनुसार मेयरका लागि सुजेन्द्र तामाङ, पर्वत राई, तिलक राई, किशोर राई, विनोद राई, संदिप श्रेष्ठ, धनबहादुर कटवाल, गोविन्द दर्नाल, लक्ष्मी खतिवडा, शैलेस कोइराला र डा. गोपाल भण्डारीको नाम सिफारिस भएका छन् ।

त्यस्तै उपमेयरका लागि श्यामा रेग्मी, निलकुमारी गिरी(थापा), मिना पुलामी, उर्मिला प्रधान, मनिता घिमिरे, शिला बज्रचार्य, चन्द्रशेखर लामा, महेन्द्र तामाङ, रत्ना सुब्बा, धनबहादुर कटवाल, गोविन्द दर्नाल, कुसुम आचार्य, नेत्रकुमारी राई, सन्तोष वि.क., हिमाल राई, तारादेवी राई र फुलमाया तामाङको नाम सिफारिस भएका छन् । प्राप्त सिफारिसका आधारमा क्षेत्रीय समितिले परिपत्रको अधिनमा रही बैशाख ३ गते भित्र जिल्लामा नाम पठाइने उनले बताए ।