काठमाडौं/ सरकारले संसद्मा विचाराधिन अवस्थामा रहेको संविधान संशोधन प्रस्ताव फिर्ता लिएको छ । व्यवस्थापिका–संसद्को मंगलबार बसेको बैठकमा सरकारले संसद्मा विचाराधिन अवस्थामा रहेको संशोधन विधेयक फिर्ता लिएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सदनमा विचाराधिन रहेको संविधान संशोधन विधेयक फिर्ता लिने निर्णय गरको थियो । सोही निर्णयअनुसार मंगलबारको व्यवस्थापिका–संसद बैठकमा सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले नेपालको संविधानको दोस्रो संशोधन विधेयक फिर्ता लिने अनुमति माग्ने प्रस्ताव गरेका थिए ।

सो प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेपछि विधिवत रुपमा सरकारले पेश गरेको संशोधन प्रस्ताव फिर्ता भएको हो ।  संशोधन फिर्ता सम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै मन्त्री नायकले राजनीतिक निकासका लागि सरकारले संशोधन प्रस्ताव फिर्ता लिएको बताए ।