धनकुटा/ स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा धनकुटामा विभिन्न राजनैतिक दलका नेताहरुलाई उम्मेदवारी दिन मोह बढेको छ ।

तीन नगरपालिका र ४ गाउँपालिकामा विशेषगरी नेपाली काङ्ग्रेस, एमाले, नेकपा माओवादी (केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र सङ्घीय समाजवादी फोरम लगायत पार्टीका स्थानीय नेताहरुको नाम उम्मेदवारीको चर्चामा आएको छ । विभिन्न पदका लागि उम्मेदवारी दिन आकाङ्क्षीहरु बढेसँगै पार्टीभित्र समेत कुन गाउँ वा नगरपालिकामा कसलाई कुन पदका लागि जिम्मेवारी दिने भन्ने निर्णय गर्न पार्टी नेतृत्वलाई धनकुटामा निक्कै चुनौति देखिएको छ । पार्टीभित्र विभिन्न गुट–उपगुट भएका कारण पनि विशेष गरेर ठूला पार्टीभित्र कसलाई दिने भन्दा पनि कसले चाहिँ पाउने भन्ने दाबी पार्टीभित्र जिल्ला स्तरका नेताहरुमा बढेको पाइएको छ । उनीहरु गाउँ, जिल्ला र केन्द्रसम्म गाउँपालिका वा नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, मेयर, उपमेयर पदका उम्मेदवारीको लागि बढी लालायित देखिन्छन् । सबैभन्दा धेरै आकाङ्क्षी एमालेमा देखिएका छन् । उसले आगामी वैशाख ९ भित्र सबै तहको सबै पदका लागि उम्मेदवारको नाम सार्वजनिक गर्ने दाबी गरेको छ । एमालेबाट धनकुटा नगरपालिकाको मेयरका लागि चिन्तन तामाङ, उमेश घिमिरे, निरेन तितुङ तामाङ र अर्जुन छाराहाङको नाम अगाडि आएको छ । यसैगरी उपमेयरका लागि शकुन्तला बस्नेत, गीता अधिकारी, तारा तितुङ कट्टेलको नाम चर्चामा आएको छ । नेपाली काङ्ग्रेसबाट मेयरका लागि विकास प्रधान, दिनेश आठपहरिया, नवीनकिशोर शाक्य, रोशन श्रेष्ठको नाम आएको छ । उपमेयरका लागि अम्बिका राईको नाम छ । माओवादी केन्द्रबाट धनकुटा नगरपालिकाको मेयरको लागि गणेश विष्ट, सीताराम श्रेष्ठ र सुन्दरबाबु श्रेष्ठ लगायतको नाम चर्चामा छ भने उपमेयरका लागि कुसुम श्रेष्ठको नाम छ । राप्रपाबाट शाही कालमा मेयर तथा जिविस सभापति भइसकेका बालानन्द भूर्तेल, टीकाप्रसाद घिमिरे र चन्द्रबहादुर विष्टको नाम अगाडि छ । यसैगरी पाख्रिबास नगरपालिकामा एमालेबाट मेयरमा भीम राई, डागमकुमार राई, बिर्ख (राजन) राई छन् भने उपमेयरमा नम्रता देउजा र गोपाल थापाको नाम चर्चामा छ । काङ्ग्रेसबाट मेयरमा ज्ञानबहादुर गुरुङ, इन्दिरा थापा र हरि आठपहरिया लगायतको नाम चर्चामा छ । यसैगरी राप्रपामा श्याम गुरुङ र कृष्ण थापाको नाम पाख्रीवासको मेयरमा चर्चामा छ भने उपमेयरमा पवित्रा श्रेष्ठको नाम चर्चामा आएको छ । यसैगरी माओवादी केन्द्रको तर्पmबाट कृष्ण कट्वाल, मुक्ति बजगार्इं लगायतको नाम चर्चामा छ । उता महालक्ष्मी नगरपालिकामा मेयरका लागि एमालेबाट रुद्र तुम्वा, खगेन्द्र सुवेदी, सुरेन्द्र पौडेल, टङ्क चौहान, दीपक बुढाथोकी, पर्शुराम नेपाल र उपमेयरका लागि मञ्जु अधिकारी र मधुमालती श्रेष्ठको नाम अगाडि छ । काङ्ग्रेसबाट भने पार्टी सभापति अग्नि पौडेल, भक्त मादेन, घनेन्द्र श्रेष्ठ, लेखनाथ पौडेल, खेम पौडेल, रमेश पौडेलको नाम चलेको छ भने उपमेयरमा सुमना तिम्सिनाको चर्चा छ । माओवादीबाट भोला थापा र प्रेम खड्का छन् भने राप्रपाबाट गोपालचन्द्र पौडेलको नाम चर्चामा आएको छ । चौबिसे गाउँपालिकामा अध्यक्षमा नैन रुचाल, शोविस चेम्जोङको नाम चर्चामा छ । काङ्ग्रेसबाट हर्क चेम्जोङ, कमोट फागो छन् भने माओवादीबाट आधुनिक देवान लगायत उम्मेदवारको चर्चामा छन् । साँगुरीगढी गाउँपालिकामा एमालेबाट अध्यक्षमा हरिकुमार राई, देवमान राई छन् । काङ्ग्रेसबाट जितेन्द्र रुम्दाली राई र भूपाल राईको नाम अगाडि छ । खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिकामा एमालेबाट अध्यक्षमा बंगला राई, जे.बि.राई, रुपलाल राई र उपाध्यक्षमा सावित्रा राई, घुममाया राईको नाम चर्चामा छ । यस्तै काङ्ग्रेसबाट शिव राई, लाखमान राई, तीर्थ राईको नाम अगाडि छ । छथर जोरपाटी गाउँपालिकामा एमालेका शिव आङ्ला, शेरबहादुर लिम्बू, इन्द्र सारु मगरको नाम चर्चामा छ भने काङ्ग्रेसबाट छत्र लिम्बू, विष्णु पौडेल, भीमकला श्रेष्ठ, निर्मल ओझा लगायत चर्चामा छन् । राप्रपावाट भने छथर जोरपार्टी गाउँपालिकामा मेयरको लाीि माधव भट्टराई र एमाओवादी केन्द्रबाट विष्णु पारघरीको नाम चर्चामा छ ।