धरान/गृहमन्त्री बिमलेन्द्र निधिले अब मन्त्रीपरिषदको बैठकमा भाग नलिने भएका छन् । उपप्रधानमन्त्रीमा बरिष्ठता बिबाद भएपछि यस अघि मन्त्रीपरिषद बैठक बसेको थिएन ।

गृहमन्त्री निधिले आफु मन्त्रीपरिषदको दोश्रो बरियदामा रहुनु पर्ने बताउदै आएका छन भने उपप्रधान तथा स्थानिय बिकाश मन्त्री कमल थापाले दोश्रो बरियदा नपाए सरकार छाड्ने चेतावनी दिएका छन् ।

उनलाई सरकारमा सहभागि गराउदा नै दोश्रो बरियदामा राख्ने सहमती भएको बताईन्छ । यस अघि गृहमन्त्री निधीले राजीनामा दिने बताउदै आएका थिए । तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आग्रहमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले राजीनामा नदिने भएका छन् । तर, अबका मन्त्रिपरिषद् बैठकहरुमा पनि सहभागी नहुने भएका छन् ।

उपप्रधानमन्त्रीको वरिष्ठता विवादका कारण अवरुद्ध हुादै आएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्दैछ । तर, गृहमन्त्री निधी भने सहभागी हुने छैनन् । मन्त्रीहरु सिंहदरबार जाादा उनी भने निवासमै छन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार आजको बैठकले उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापालाई सरकारमा दोस्रो वरियता दिने पक्का जस्तै छ ।