विजयपुर/नेकपा (एमाले) स्थानिय तहको निर्बाचनलाई केन्द्रित गरेर नेकपा (एमाले) धरान उपमहानगर कमिटीले ३ हजार १ सय ८ सदस्यीय निर्बाचन परिचालन कमिटी गठन गरेको छ । सोमबार बसेको नगर कमिटीको बैठकले निर्बाचन परिचालन कमिटी गठन गरेको हो ।

कमिटीको संयोजकमा एमाले जिल्ला कमिटीका सचिवालय सदस्य तथा १ नंम्मर क्षत्रिय इन्चार्ज प्रकाश राईको संयोजकत्वमा निर्बाचन परिचालन कमिटी गठन भएको एमाले धरानका सदस्य तथा प्रचार बिभागका कार्यबाहक प्रमुख योगेश काफ्लेले बताए । कमिटीको सह संयोजकमा एमाले सुनसरीका सचिबालय सदस्य तथा धरान उपमहानगर इन्चार्ज प्रदिप भण्डारी र सचिबमा एमाले सुनसरी क्षेत्र नंम्मर १ का अध्यक्ष इन्द्रबहादुर राई रहेका छन् ।

बैठकले बैठकले निर्बाचन परिचालन कमिटी मातहतमा रहने गरि बिभिन्न उप समितीहरुपनि गठन गरेको छ । एमाले धरानका सचिब राजमणी निरौलाका निर्बाचनलाई भब्य र सब्य बनाउन बिभिन्न उप समितीहरुपनि बनाईएको छ । निर्बाचन परिचालन कमिटीले निर्बाचन आचारसंहितको पुर्ण पालना गदै आफ्ना गतिबिधि सञ्चालन गर्ने बताए ।

उनका अनुसार निर्बाचन सम्पन्न गर्न प्रदिप भण्डारीको संयोजकत्वमा आर्थिक बिभाग गठन गरिएको छ बिभागकोसह संयोजकमा मिन सुब्बा रहेका छन् । निर्बाचनको प्रचार प्रसार उप कमिटीको संयोजकमा राजमणी निरौला रहेका छन् भन ेस्वयमसेवक परिचालन उपसमितीमा पदमप्रसाद लिम्बु संयोजक र रमेश लिम्बु सह संयोजक रहेका छन् ।

जनपरिचालन उप समितीमा जयकुमार राई संयोजक र भिम राई सह संयोजक,कानुनी परामर्श तथा समन्वय उपसमितीमा बिरेन्द्र बस्नेत संयोजक र अबइन्द्र निरौला सह संयोजक रहेका छन् ।संघ संस्था तथा समन्वय उप समितीको संयोजकमा रेवतीरमण राई,घोषणा पत्र मस्यौदा उपसमितीमा मुरारी सुबेदी संयोजक र भुवन मोक्तान सह संयोजक रहेका छन् ।

त्यसैगरि जेष्ठ नागरिक समन्वय उपसमितीमा बेणु काफ्ले संयोजक र नरमाया परियार सह संयोजक रहेका छन् ।खेलकुद समन्वय उपसमितीमा धनप्रसाद राई संयोजक र हिमाल लिम्बु सह संयोजक रहेका छन् ।पेशा ब्यबासाय उप समितीमा खम्बसिंह गुरुङ र तिर्थ मास्के,बुद्धिजीबी परिचालन समन्वय उप समितीमा मुरारी सुबेदी र डा. भोला पोख्रेल ,संस्कृती कला साहीत्य उपसमितीको संयोजकमा नारायणप्रसाद सुबेदी,युवा परिचालन समन्वय उपसमितीमा ज्ञानदिप लिम्बु संयोजक र रतन लिम्बु सह संयोजक रहेृका छन् भने सुचना,प्रबिधी/प्रशासन सुरक्षा समन्वय उपसमितीमा गिरिराज अधिकारी संयोजक रहेका छन् ।

त्यसैगरि सुझाब तथा गुनासो संकलन उपसमितीमा मणीराम राई र मञ्जु भण्डारी सह संयोजक रहेको एमाले धरानका सचिब राजमणी निरौलाले बताए ।बैठकले एमाले प्रदेश कमिटीका सबै सदस्य र सल्लाहकार,जिल्ला कमिटीका सबै सदस्य र सल्लाहाकार,संसद,क्षेत्रीय कमिटीका पदाधिकारी,सदस्य तथा सल्लाहाकार निर्बाचन परिचालन मुल कमिटीको सदस्य रहने निर्णय गरेको छ ।

त्यसैगरि उपमहानगर कमिटीका सबै सदस्य,साल्लाहकार,जेष्ठ कम्युनिष्ट मञ्चका नगरका सबै पदाधिकारी तथा सदस्य,बुद्धिजीबि परिषद क्षेत्रिय कमिटीका पदाधिकारी तथा सदस्य ,नगरकमिटी माथिका सबै जनसंगठन,नगरकमिटी माथिका जन संगठन अन्र्तगतका सबै घटकका सदस्य,जिल्ला,क्षेत्र,नगर कमिटीका बिभागका सबै सदस्य,नगरकमिटीका पुर्व सदस्य तथा सामाजीक संघ संस्थामा आबद्ध रहेने पार्टिका सदस्यहरु निर्बाचन परिचालन कमिटीको सदस्य रहने सचिब निरौलाले जानकारी दिए । स्थानिय तहको निर्बाचनमा धरानको मेयर ,उपमेयर सहित २० वटै वडामा सम्मानजनक जित हासिल हुने बताएका छन् ।