दाङ / नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका छन् ।  तुलसीपुर उपमहानगरपालिकास्तरीय कार्यकर्ता भेलालाई यहाँ आज सम्बोधन गर्दै ज्ञवालीले जनताले निर्वाचन खोजेको र संविधान कार्यान्वयनका लागि त्यसको विकल्प नभएको बताए । “प्राप्त उपलब्धिको रक्षाका लागि कुनै पनि हालतमा निर्वाचन हुनुपर्छ,” उनले भने । मधेसी नेताहरुले नचाहे पनि जनताले निर्वाचन चाहेको उपाध्यक्ष ज्ञवालीको भनाइ थियो । मधेसवादी दललाई सहमतिमा ल्याएर निर्वाचन गराउनुको विकल्प नभएको उनले बताए ।

“देशभर एमालेप्रति जनताको लहर आएको छ,” उनले भने ।  सो भेलामा एमाले नेता शङ्कर पोख्रेलले निर्वाचन तोकिएकै समयमा हुने भएकाले कार्यकर्तालाई निर्वाचन जित्ने गरी लाग्न निर्देशन दिए । रासस